युक्रेनी विमान इरानले खसालेको अमेरिकी दाबी

  • पुस २५, २०७६
  • १४६ पटक पढिएको
  • न्यू पाटी
alt

बुधबार १७६ जनाको ज्यान जानेगरी भएको युक्रेनी विमान दुर्घटनाबारे इरानी अधिकारीहरुले छानबिन थालेका छन् । यस अनुसन्धानमा इरानले अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई सहभागी नगराउने बताइसकेको छ । उता केही अमेरिकी सञ्चारमाध्यमहरुले भने इरानले झुक्किएर मिसाइल प्रहार गरेपछि सो विमान दुर्घटना हुनगएको दाबी गरेका छन् ।

युक्रेनियन इन्टरनेसनल एयरलाइन्सको ‘बोइङ ७३७–८०० म्याक्स’ इरानको राजधानी तेहरानस्थित अन्तर्राष्ट्रय विमानस्थलबाट उड्नासाथ दुर्घटनामा परेको थियो । विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो । यसअघि पनि बोइङका सो मोडेलका विमान इथियोपियन एयरलायन्स तथा इन्डोनेसियाको लायन एयरको विमान पनि दुर्घटनाग्रस्त हुँदा ठूलो हताहती भएको थियो ।

इरानमा भएको सो दुर्घटनाको कारण इरान-अमेरिका तनाव हो या अन्य भन्ने खुल्न सकेको छैन । तर अमेरिकी मिडिया सीबीएसले भने इरानले झुक्किएर मिसाइल प्रहार गर्दा विमान खसेको भनी अमेरिकी अधिकारीहरुले दाबी गरेको समाचार प्रकाशित गरको छ । उसका अनुसार युक्रेनले सो जहाजलाई खसालिएको हो कि होइन भन्ने अध्ययन भइरहेको जनाएको थियो ।

हुन पनि विमान दुर्घटनाको केही घण्टाअघि मात्र इरानले इराकमा रहेका अमेरिकी सैन्य अखडामा मिसाइल प्रहार गरेको थियो । त्यस आक्रमणको केही घन्टाभित्रै सो जहाज दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी सबैभन्दा इरानकै नागरिक मारिएका छन् । इरानका ८२, क्यानडाका ६३, युक्रेनका ११, स्वीडेनका १०, अफगानिस्तानका ४, जर्मनीका ३ र ३ बेलायती नागरिकको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved