अमेरिका इरानसँग बिना शर्त वार्ता गर्न तयार

  • पुस २४, २०७६
  • १६३ पटक पढिएको
  • एजेन्सी
alt

अमेरिका इरानसँग बिना शर्त वार्ता गर्न तयार भएको छ । संयुक्त राष्ट्रसंघलाई पत्र लेख्दै अमेरिकाले बिना शर्त वार्ताका लागि तयार रहेको जनाएको हो ।

अमेरिकी दूत केली क्राफ्टले राष्ट्रसंघलाई लेखेको पत्रमा इरानका वरिष्ठ सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दावी पनि गरिएको छ ।

राष्ट्रसंघको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा क्राफ्टले अमेरिका अन्तराष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउन र इरानको कारण बढ्न सक्ने तनाव रोक्न रहेको पनि उल्लेख गरेकी छिन् ।

सुलेमानीको हत्या राष्ट्रसंघ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क अमेरिकाले गरेको छ । पत्रमा आफ्ना सेना र चासोको रक्षा गर्न आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

इरानले पनि उक्त हत्याको प्रतिशोधका लागि भन्दै इराकको राजधानी बग्दाद नजिक रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

इरानले पनि धारा १५ कै आधारमा सो आक्रमण आफ्नो रक्षार्थ गरेको राष्ट्रसंघलाई जानकारी गराएको छ । इरानी दूत माजिद तख्तले पनि तेहरानले युद्ध नचाहेको बताएका हुन् ।

इरानी सर्वोच्च नेता आयतूला अली खामनेईले क्षेप्यास्त्र आक्रमणलाई अमेरिकाको गालामा चड्कन भएको भन्दै मध्यपूर्वबाट अमेरिकालाई हटाइनुपर्ने जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved