ह्यारी दम्पती राजपरिवारका वरिष्ठ सदस्य नरहने

  • पुस २४, २०७६
  • १२६ पटक पढिएको
  • एजेन्सी
alt

 बेलायतकी महारनी एलिजावेथका नाति प्रिन्स हैरी र उनकी पत्नी राजकुमारी मेगन राजपरिवारका वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने भएका छन् । उनीहरु आफूलाई आर्थिक रुपले सबल र स्वतन्त्र बनाउन लागिपर्ने बताएका छन् ।

‘ड्यूक तथा डचेज अफ सक्सेस’ ले यसबारेमा खुलासा गरेको हो ।  यस कुराले राजपरिवार दुखी भएका छन् । अब प्रिन्स हैरी र मेगनले बेलायत र उतर अमेरिकामा अबको जीवन बिताउने पनि बताएका छन् ।

बीबीसीका अनुसार शाही जोडीले यो घोषणा पहिले राजपरिवारका कोही सदस्यसँग कुनै सरसल्लाह नगरी गरेका थिए । जसका कारण शाही परिवार अत्यन्तै दुखित छ । उनीहरुको यस फैसलाले राजपरिवार निराश भएको छ ।

बुधबार आफ्नो इन्स्टाग्राम पेजमा हैरी र मेगना दुवैले धेरै विचार विमर्शपछि आफूहरु यस फैसलामा पुगेको उल्लेख गरेका छन् ।

उनीहरुले भनेका छन्, ‘हामी राजपरिवारको वरिष्ठ सदस्यको हैसियतबाट हट्न चाहान्छौं र आर्थिक रुपमा स्वतन्त्र र सबल हुनका लागि काम गर्न चाहान्छौं तर यसका साथसाथै महारानीलाई हाम्रो समर्थन रहिरहनेछ ।’

राजपरिवारका पुर्व प्रेस अधिकार डिक्की आर्बिटरका अनुसार यो फैसलाले थाहा हुन्छ प्रिन्स हैरीले दिमागको होइन दिलको कुरा सुनेका छन् । उनले ह्यारीको छोरा जन्मिँदा सञ्चार माध्यमले गरेको व्यवहारले यो फैसला गरेको हुनसक्ने टिप्पणी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved