विश्वकै कान्छी प्रधानमन्त्रीको कार्ययोजना : चार दिन काम, तीन दिन आराम

  • पुस २२, २०७६
  • १५५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं / विश्वकै कान्छी प्रधानमन्त्री फिनल्याण्डकी सन्ना मरिनले काम गर्नका लागि नयाँ योजना बनाएकी छिन् ।सन्ना मरिनले चार दिन काम र तीन दिन आरामको योजना ल्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कामको दिनमा पनि ६ घण्टा मात्र काम गर्नुपर्ने सन्ना मरिनले योजना ल्याएकी छिन् ।

आफ्ना नागरिकले परिवारसँग पर्याप्त समय बिताऊन् भन्ने उद्देश्यले यो प्रस्ताव ल्याएको उनले बताएकी छन् । आफ्नो दल सोसल डेमोक्र्याटिक पार्टीको १२० औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मरिनले नयाँ व्यवस्था ल्याउन लागेको जानकारी दिएकी हुन् ।

छिमेकी देश स्वीडेनले ६ घण्टाको काम परीक्षण गर्दा त्यहाँका कर्मचारी खुशी भएको र कामको प्रभावकारीता बढेपछि फिनल्याण्डमा पनि त्यही नीति अवलम्ब गर्न लागेको उनको भनाइ छ ।

गत डिसेम्बरमा सोसल डेमोक्र्याटिक पार्टीले ३४ वर्षीया मरिनलाई फिनल्याण्डको प्रधानमन्त्री बनाएको थियो । मरिनको नेतृत्वमा बनेको गठबन्धनको सरकारमा सबै दलका महिला प्रतिनिधि छन् जसमध्ये चार जना ३५ वर्षभन्दा कम उमेरका रहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved