सिरिया र इराकमा अमेरिकी सेनाको भीषण आक्रमण, २५ बढी हेज्बोल्लाह लडाकुको मृत्यु

  • पुस १६, २०७६
  • २२५ पटक पढिएको
  • न्यू पाटी
alt

न्युयोर्क/ अमेरिकी सेनाले इराक र सिरियास्थित केही स्थानमा आक्रमण गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार अमेरिकाको सेनाले इरान समर्थित लडाकूहरुका केही शिविरमा सो आक्रमण लक्षित गरेको बताइएको छ ।

इराक र सिरियाका करिब पाँच स्थानमा अमेरिकाले यस्तो हमला थालेको हो । अमेरिकी सेनाले इराक र सिरियाका ती स्थानमा आइतबारबाट हमला थालेको बताइएको छ । इराकमा रहेका भनिएका कताब हेजबुल्लाहका शिविरहरुलाई अमेरिकी सेनाले लक्ष्य बनाएको हो । केही दिनअघि इराकमा रहेका अमेरिकी सेनामाथिको हमलाका विरुद्धमा यो कारबाही गरिएको हो ।


केही दिनअघिको सो हमलाका क्रममा इराकमा अमेरिकाका एक जना ठेकेदारको मृत्यु भएको थियो । त्यही आक्रमणको प्रतिउत्तर स्वरुप आइतबार अमेरिकी सेनाको यो आक्रमण शुरु भएको अनुमान गरिएको छ ।

इराकको सुरक्षा निकायले आइतबार अमेरिकी सेनाले गरेको सो हमलामा परी यहाँका कम्तीमा पनि २५ जना कताइब हेज्बोल्लाह समूहका लडाकूको ज्यान गएको छ । त्यस आक्रमणमा अरु ५० जना घाइते भएका पनि इराकी सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

केही समययता कताइब हेजबोल्लाहको सो समूहले इराकमा कतिपय स्थानलाई नियन्त्रणमा लिएका थिए । पछि भने इराकी सुरक्षाअधिकारीले ती क्षेत्र आफ्नो नियन्त्रणमा आइसकेको बताएका थिए । आइतबार शुरु भएको सो हमलाले ती क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएको बताइएको छ । यस आक्रमणको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले पुष्टि गरेको छ ।

अमेरिकी सरकारले ती हेज्बुल्लाह समूहलाई आतङ्कवादी सङ्गठनका रुपमा व्यवहार गर्ने गरेको छ । अमेरिकी सेनाले गत हप्ता इराकको किर्कुक शहरमा हमला गरेको थियो । त्यसअघि भएको ती हेजबुल्लाहको आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए ।

त्यस आक्रमणमा परी कैयौं अमेरिकी सेना तथा इराकी अधिकारीहरू पनि घाइते भएका थिए ।अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार वाशिङ्टन डीसीमा बोल्दै अमेरिकी नागरिकको ज्यान खतरामा परे अमेरिकाले प्रतिकार गर्ने चेतावनी इरानलाई दिएका थिए ।

त्यसैगरी आइतबारै अमेरिकी रक्षामन्त्री मार्क एस्परले पनि लडाकू विमानहरूले कताइब हेज्बोल्लाह समूहसँग सम्बन्धित पाँच वटा स्थानमा आक्रमण गरेको जानकारी यहाँस्थित समाचारदाताहरुलाई दिएका थिए ।

उनले आक्रमण गरेका भनिएका ती स्थानहरुमध्ये तीन वटा स्थान इराकको पश्चिमी क्षेत्र र अरु दुइ ओटा भने सिरियाको पूर्व भू–भागमा पर्छन् । कताइब हेजबुल्लाह नामको सो लडाकू समूह शिया मुस्लिमहरूको मिलिसिया समूह हो सन् २००७ मा गठन भएको यो सङ्गठन इरानको समर्थनमा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved