झापाको अनारमनीमा विप्लव समूहले लुकाएको २५ किलो विष्फोटक पदार्थ बरामद

  • आश्विन १३, २०७६
  • १५५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं ।
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भण्डारण गरी राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले आइतवार अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेबाट विस्फोटक पदार्थ बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले जुटको बोरामा लुकाई Neogel 90 लेखिएको  High Explosive  २५ किलो विष्फोटक पदार्थ फेला पारेको हो। विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधि हो भनी विप्लव समूहको झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडेल, झापा जिल्ला जनसरकार प्रमुख ९जिल्ला सदस्य० टीका पोखरेल लगायतका व्यक्तिहरु समेतले करिब १ महिनाअगाडि ल्याई लुकाई भण्डारण गरी राखेको खुलेको छ।
प्रहरीले उनीहरुलाई केही साताअघि पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved