काजखास्तानमा एक विमान दुर्घटना ,१२ जनाको मृत्यु

  • पुस ११, २०७६
  • १५० पटक पढिएको
  • एजेन्सी
alt

मध्य एसियाली मुलुक काजखास्तानमा एक विमान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान बेक एअरको विमान चालकदलका सदस्य र यात्री गरी १०० जना बोकेर उडेको थियो ।

विमानस्थलका अधिकारीहरुकाअनुसार अमाल्टी विमानस्थलबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको थियो । विमानमा चालकदलका पाँच सदस्य र ९५ यात्री सवार थिए । त्यसमध्ये ८ जना बालबालिका थिए ।

दुर्घटनामा करिब ६० जना घाइते भएका छन् । घाइते हुनेमा बालबालिकाहरु पनि छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनास्थल आसपास त्यस समयमा बाक्लो कुहिरो लागेको बताइएको छ । विमान दुईतले भवनमा ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

विमान भवनमा ठोक्किएपनि आगोलागी भएन । सोही कारण धेरै यात्रीलाई जीवितै उद्धार गरी तत्कालै अस्पताल लगिएको थियो ।विमान काजखस्तानको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुर सुल्तानतर्फ जाँदै थियो ।

यसअघि, त्यहाँको आन्तरिक मन्त्रालयले मृतकको संख्या १५ रहेको जनाएको थियो । अहिले सच्याएर पाइलटसहित १२ जनाको मृत्यु भएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved