प्रधानमन्त्री ओली पद र अनुहार नहेरी अनुसन्धान गर्न प्रहरीलाई आग्रह

  • आश्विन २४, २०७६
  • १७५ पटक पढिएको
  • न्यू पाटी
alt

प्रधानमन्त्री केपी ओलीले पद र अनुहार नहेरी अपराधबारे अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले ६४ औं प्रहरी दिवसको अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको पनि बताए ।

‘कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्‍यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न’, उनले भने, ‘प्रहरीले अनुहार नहेरी कानूनको पालना गर्न गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले अपराध अनुसन्धानमा कसैको दबाव नसुन्न पनि प्रहरीलाई आग्रह गरे । दबावले निष्पक्ष अनुसन्धान प्रभावित हुने भएकाले विधि र प्रक्रिया अनुरूप अघि बढ्नुपर्ने मत प्रधानमन्त्री ओलीको छ ।

‘प्रहरीले कसैको दबाव मान्नु पर्दैन । हुँदैन । निष्पक्ष ढंगले छानबिन गर्नुपर्छ’, उनले भने, ‘यसले मात्रै शान्ति सुरक्षा कायम हुनसक्छ ।’

देश समृद्धिको यात्रामा अघि बढेकाले शान्ति सुरक्षा कायम गरेर अघि बढ्नु पर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved