न्यूनतम दस्तुरमा इटहरी उपमहानगरपालिकाले घर नक्सा बनाईदिने

  • श्रावण १, २०८०
  • ३१७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । इटहरी नगर क्षेत्रमा घर निर्माण गर्दा इटहरी उपमहानगरपालिका आफैले न्यूनतम दस्तुर लिएर घर नक्सा बनाईदिने गरि सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाको कार्यलय परिसरमा “घर नक्सा निर्माण शाखा“ स्थापना गरी नगरले आफैले न्यूनतम दस्तुर लिएर घर नक्सा बनाईदिने गरी सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिकाको १ सय २९ औँ कार्यपालिका बैठकको निर्णयलाइ कार्यन्वयन गर्दै नगरले उक्त साखाबाट सम्पुर्ण कार्य हुनेगरी घर नक्सा निर्माणको कार्य सोमवारदेखी सुरु गरेको हो ।

घरनक्सा निर्माण प्रकृया अन्तरगत १ हजार वर्ग फिटसम्मको भुइतला घर नक्सा निशुल्क,१५ सय वर्ग फिट को रु ५ हजार ,सो भन्दा माथी तला थप भएमा प्रती तला रु १ हजारका दरले शुल्क थप हुने गरी शुल्क निर्धारण गरीएको छ । सेवा प्राप्त गर्ने प्रकृया अन्तरगत घरधनीले आवश्यक कागजात सहित निवेदन दिनुपर्ने र निवेदन माथि शाखा प्रमुखको तोक आदेश भएपछि सेवा ग्राहीले तिर्नुपर्ने शुल्कको ५० प्रतिशत शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

WhatsApp Image 2023-07-17 at 17.56.51

शुल्क तिरेको रशिदद सहित डिजाइन फर्म भरे पश्चात नक्सा निर्माणको प्रकृया अगाडि बढ्ने र घर नक्सा डिजीटल प्रणाली इ बी पी एस मा राखीने नगरपालिकाले जनाएको छ ।

इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले आफैले नक्सा बनाउन सुरु गरेको बताएका छन् ।

प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीले घरको डिजाइन बनाउँदा धेरै महँगो परेको गुनासो आएपछि उपमहानगर आफैले नक्सा बनाउन सुरु गरेको मेयर पौडेलले बताए ।

उपमहानगरपालिकाले १ हजार स्वाएर फिट सम्मका घरको नक्सा निःशुल्क बनाईदिनेछ । तर हजार स्वाएर फिट भन्दा माथीको घरको नक्सा सहुलियत दरमा बनाईदिने उपमहानगरले जनाएकोछ । उपमहानगरपालिकाले बनाउने घर भुकम्प प्रतिरोधी हुने छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved