कोशीमा खसेको ट्रक वाहिर निकाल्न निकाल्न समस्या

  • असार २९, २०८०
  • १७५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । पूर्वपश्चिम राजमार्ग अन्तरग कोशी व्यारेजमा बस र ट्रक ठोकिदा ट्रक कोशीमा खस्न पुगेको छ ।

विहान अन्दाजी ८ बजेतिर पानी परिरहेको समयमा पुर्वबाट पश्चिम जादै गरेको मे १ख १७६५ नम्बरको बस र मे १ख ३००७ नम्बरको ट्रक ठाकिदा ट्रक कोशीमा खसेको हो ।

कोशीमा खसेको ट्रकमा रहेका चालक सहित तीन जनालाई तत्काल उद्धार गरिएको सुनसरी प्रहरीले जनाएको छ । तत्काल उद्धार गरिएका कारण मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नावय उपरिक्षक राजकुमार राईले वताए ।

पवन ट्रान्सपोट काठमाडौंबाट विराटनगर र दमक औषधी ,फर्निचर , फलाम लगायतका सामान लिएर आइरहेको समयमा बस र ट्रक ठोकिदा ट्रक कोशीमा खसेको ट्रकका मालिक भोलानाथ दाहालले टेलिफोन सम्पर्कमा जानकारी दिएका छन । दुर्घटनाग्रस्त ट्रकका चालक दिनेश खत्री सामान्य घाइते भएपनि दुवै सवारीमा सवार रहेका अन्य मानिसहरु घाइते नभएको समेत प्रहरी जनाएको छ ।

बस र ट्रक ठोकिएपछि ट्रक कोशीको १० नम्बर ढोका अगाडी दक्षिण तर्फको पुलको बार भत्काउदै कोशीमा खसेको थियो । दुई दिन देखिको अविरल वर्षाका कारण कोशी नदीमा पानीको सतह वढी रहेको कारण ट्रक निकाल्न समस्या भई रहेको छ । यो समाचार तयार पार्दा सम्म कोशीमा खसेको ट्रक वाहिर निकाल्न प्रयास भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved