क्षयरोग तथा कुष्ठरोग समिक्षा गोष्ठि सम्पन्न, ४ जना सम्मानित

  • असार २९, २०८०
  • १३८ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर : कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले क्षयरोग तथा कुष्ठरोग नियन्त्रण कार्यक्रमको दुई दिने समीक्षा गोष्ठि विराटनगरमा सम्पन्न गरेको छ ।

सो अवसरमा झापा, मोरङ्ग र सुनसरिमा बढि क्षयरोग र कुष्ठरोग का विरामि रहेको स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ठ अधिकृत तुलसि प्रसाद गुराँगाईले जानकारी दिनुभयो ।

कोशी प्रदेश अन्तर्गत रहेका १४ वटा जिल्लाहरू मध्ये पहाडी जिल्लाहरूमा क्षयरोगको विरामी पत्ता लगाउने दर आर्थिक बर्ष ०७८÷७९ को तुलनामा ०७९÷०८० मा बढेको देखिन्छ । तर लक्ष्य अनुसार पुग्नकोलागि धेरै ग्याप देखिएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले दिएको लक्ष्य अनुसार प्रति लाख जनसंख्यामा २४५ जना क्षयरोगी पत्ता लगाउनु पर्नेमा धनकुटा जिल्लाको मात्र क्षयरोग पत्ता लगाउने दर प्रति लाख जनसंख्यामा ७५ जना रहेको स्वास्थ्य कार्यालय धनकुटाका क्षयरोग फोकल पर्सन विनोद गुरागाँईले जानकारी दिनुभयो ।

सम्पन्न गोष्ठिको अवसर पारेर  क्षयरोग र कुष्ठरोगका क्षेत्रमा अहोरात्र खटेर सेवा दिदै उत्कृष्ट काम गरेबापत ४ जनालाई सम्मान गरिएको छ ।  सम्मानित हुनेहरूमा प्रदेश स्वास्थ्य आर्पुर्ति व्यवस्थापन केन्द्रका मान बहादुर मगर, नगर अस्पताल ईटहरीका ललिता निरौला,  स्वास्थ्य कार्यालय धनकुटाका सञ्जु कार्की,  प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीका धनकुमार राई रहेका छन् । 

उहाँहरूलाई कोशी प्रदेस स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहदुर बस्नेतले दोशल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान गर्नु भएको हो । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव सुधा देवकोटाले विहिबार उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा १४ जिल्लाका क्षयरोग तथा कुष्ठरोग कार्यक्रमका  फोकल पर्सन, दातृसंस्था नाटा, स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा क्याम, विएनएमटी, एनएलआरलगायत संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved