इनरुवा बजारका मासु पसलहरुको अनुगमन ,झिगाँ भन्किएको तथा मापदण्ड पुरा नगरि धेरै पसलहरु सञ्चालनमा

  • असार २५, २०८०
  • २२४ पटक पढिएको
  • न्यू पाटी
alt

इनरुवा : सुनसरीको सदरमुकाम इनरुवा बजारका मासु पसलहरुका गरिएको अनुगमनमा झिगाँ भन्किएको तथा मापदण्ड पुरा नगरि धेरै पसलहरु सञ्चालन गरिएको पाइएको छ ।

इनरुवा नगरपालिकाको अगुवाईमा सरोकारवाला निकायहरुको समन्वयमा गरिएको मासु पसलको अनुगमनका क्रममा झिगाँ भन्किएको विक्री गर्ने गरेको तथा पसलहरु मापदण्ड अनुसार नरहेको पाइएको हो ।

इनरुवाका विभिन्न वडामा सञ्चालित १५ देखि २० वटा मासु पसलमा संयुक्त अनुगमन टोलीले अनुगमानका क्रममा झिगाँ भन्किएका र मापदण्ड पुरा नगरि मासु पसल सञ्चालन गरिएको पाइएको वताइएको छ । इनरुवा नगरपालिका पशु चिकित्सक डा.राजकुमार यादवले मासु पसल सञ्चालनका मापदण्डहरुका विषयमा सबै वडाका मासु पसल सञ्चालकहरुलाई सहभागी गराएर सहजिकरण साथै प्रचारप्रसार गरिएपनि मापदण्ड पुरा नगरिएको पाइएको जानकारी गराए ।

vlcsnap-2023-07-10-18h07m17s182

जिल्ला प्रशासन कार्यालय , कोशी प्रदेश कृषि मन्त्रालय , पशु अस्पताल इनरुवा लगायतको सहभागितामा गरिएको अनुगमनमा मापदण्ड पुरा नगरेका मासु पसलहरुलाई सात दिने र पन्ध्र दिने अल्टीमेटम दिइएको छ । त्यस पछि पनिका मापदण्ड अनुसार सञ्चालन नगरिए कारवाही गरिने समेत नगरपालिकाले जनाएको छ ।

इनरुवाका वडा नम्बर ३ र ५मा रहेका १५ देखि २० वटा मासु पसलको अनुगमनका क्रममा धेरै जसोमा झिगाँ भन्किएको तथा मापदण्ड पुरा नगरेको र ३ , ४ वटा भने राम्रो अवस्थामा सञ्चालन गरेको पाइयो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी माधव ढुंगाना , कृषि मन्त्रालय कोशी प्रदेशकी भेटेरिनरी निरीक्षक डा. दिपा दिवाली ,पशु अस्पताल इनरुवाका चिनेश्वर मेहता, खाद्य सुरक्षाका सिर्जन जोशी लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved