बैतडी बस दुर्घटना : एक जनाको मृत्यु ,३९ जना घाईते

  • असार २५, २०८०
  • २०४ पटक पढिएको
  • न्यू पाटी
alt

बैतडी : बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो।

यस्तै दुर्घटनामा परेर अन्य ३९ यात्रु घाइते भएका छन्।  घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १६ जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ। अन्य घाइतेको  मेलौलीमा उपचार भइरहेको छ। घाइतेहरुको परिचय खुल्न सकेको छैन।

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै लु२ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे  मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको हो। सडकबाट ४०० मिटर तल खसेर रूखमा अड्किएको बस दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved