सुनसरी: कोशी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आइतबार सुनुवाइ हुँदैछ । निवर्तमान मुख्यमन्त्री एवम् कोशी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले गत बिहीबार संविधान विपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै रिट दर्ता गराएकोमा सो रिटमाथिको सुनुवाइ आइतबार हुँदैछ ।
कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त भएपछी उनी विरुद्ध एमाले सर्वोच्चमा पुगेको हो । उक्त रिटमा प्रारम्भिक सुनुवाइका लागि आइतबार पेसी तोकिएको हो । कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय कोशीप्रदेश मुख्यमन्त्री उद्धव थापा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved