देशका विभिन्न स्थानमा सडक अवरुद्ध

  • असार २०, २०८०
  • १६७ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा करिब आधा दर्जन सडक अवरुद्ध भएका छन् । बुधबार बिहानसम्मको सूचना अनुसार अहिले पाँच वटा सडकखण्ड अवरुद्ध रहेको सडक विभागले जनाएको छ । कोसी राजमार्गको हाइटार, संखुवासभामा सवारी आवगम अवरुद्ध छ भने पाँचथरको माझीटार–हेवाखोलामा गएको पहिरोले तमोर करिडोर सडक पनि अवरुद्ध भएको छ ।

यस्तै, पाल्पाको तानसेनबाट गुल्मीको रिडी जाने सडक पनि अवरुद्ध छ । म्याग्दीको तातोपानीमा गएको पहिरोले म्याग्दी–जोमसोम सडक अवरुद्ध भएको छ भने यता तनहुँको डुम्रेबाट लमजुङको बेशीसहर हुदै मनाङको चामे जोड्ने सडक पनि अवरुद्ध भएको छ ।

एकतर्फी अवरुद्ध भएका सडकखण्ड तेह्र वटा रहेको पनि सडक विभागले गरेको छ । यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारसम्मै वर्षा हुने क्रम जारी रहने जनाएको छ ।

आगामी तीन दिनको मौसमी प्रक्षेपण सार्वजनिक गर्दै महाशाखाले शुक्रबारसम्म नै देशभर हल्कादेखि भारी वर्षाको संभावना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved