गुरुङ साहित्यिक मञ्च नेपालले इटहरीमा छैटौं स्थापना दिवस मनाउने

  • चैत्र २०, २०७९
  • ३१७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : गुरुङ साहित्यिक मञ्च नेपालले आफनो छैटौं स्थापना दिवस सुनसरीको इटहरीमा मनाउने भएको छ । नेपाल प्रज्ञाप्रतिस्ठानका उपकुलपति भुपाल राईको प्रमुख आतिथ्यमा स्थापना दिवस मनाउने भएको छ। विगतका वर्षहरुमा पोखरामा गुरुङ साहित्यिक मञ्च नेपालले स्थापना दिवस मनाउदै आएकोमा यस वर्ष भने पुर्वका गुरुङ समुदायका मानिसहरुलाई समेत जोड्ने उद्धेश्यले यही चैत्र २१ गते इटहरीको दुर्गा पाटी प्यालेसमा औपचारिक कार्यक्रमको आयोजना गरि मनाउने भएको हो ।

छैटौं स्थापना दिवस मनाउने विषयमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा साहित्यका माध्यमबाट आफनो समुदायका लागि केही काम गर्न सकियोस तथा नयाँ पिडिलाई पनि अगाडि वढाउदै जातिय अस्थीत्वलाई जीवन्त राख्ने उर्जा प्रदान गर्न सकियोस भनेर यस वर्ष पुर्वका गुरुङ समुदायका मानिसहरुलाई जोड्ने गरी स्थापना दिवस मनाउन लागिएको गुरुङ साहित्यिक मञ्च नेपालकी अध्यक्ष गौरी तमुले जानकारी दिइन ।

पत्रकार सम्मेलनमा स्थापना दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा विभिन्न सेसनहरु समावेश गरिने समेत जानकारी गराइयो । जस मध्ये ’भाषा संरक्षणमा हाम्रो दायित्व र चुनौती ’ विषयमा नेपाल तथा भारतीय साहित्यका क्षेत्रमा आवद्ध वक्ताहरुले विचार प्रस्तुत गरिनेछ । संस्थाको चिनारी वृत्तचित्र प्रस्तुत गरिने , विमल स्मृति पुस्तकायका अध्यक्ष तथा संरक्षक पुर्णबहादुर गुरुङलाई सम्मान गर्ने , समावेशी रचना वाचन लगायतका कार्यक्रमहरु आयोजना गरिने समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । पत्रकार सम्मेलनमा स्थापना दिवस मुल संयोजक मिश्रामाया गुरुङ, भाषा सेसन संयोजक हेमा तमु गुरुङ र समाजसेवी दिव्यराज गुरुङ लगायतले कार्यक्रमका विषयमा पत्रकारहरुलाई जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved