ईटहरीमा छैठ पर्वको तयारी अन्तिम चरणमा

  • कार्तिक ११, २०७९
  • ७९५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : श्रद्धा र निष्ठाका साथ विगत ३३ वर्ष देखि इटहरीमा पनि मनाइँदै आएको छैठ पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।

कार्तिक शुक्ल चतुर्दशी देखि सप्तमी चार दिन सम्म मनाइने छैठ पर्वको तयारी अन्तिम चरणमा पुगेको जनाइएको हो ।

समानता र एकताको पर्वको रुपमा रहेको छैठ पर्व मनाउनेहरुको संख्या दिनप्रतिदिन वढी रहेको र पहाडी समुदायका मानिसहरु पनि पछिल्लो समयमा छैठ पर्व उत्साहपुर्वक मनाउन थालेको छैठ सेवा समिति इटहरीका उपाध्यक्ष बासुदेव कर्ण वताउछन् । उनले यस वर्ष ४ सय ५० पुजा घाट वनाइएको र एक सय पुजा घाट पहाडी समुदायका बर्तालुहरुले बुक गरिसकेको समेत जानकारी दिए ।

सुर्य देवताको उपसना गरी मनाइने यो पर्व केही वर्ष यता देखि तराईका जिल्लाहरुमा विशेष पर्वको रुपमा मनाउन थालिएको छ । सुरुका वर्षहरुमा मैथली समुदायका मानिसहरुले मात्र मनाउने गरेका थिए भने पछिल्ला वर्षहरुमा पहाडी समुदायका मानिसहरुले समेत व्रत बस्ने गरेका छन् ।

उदाउँदो सुर्य र अस्ताउँदो सुर्यको विशेष उपासना सहित अर्घ दिएर गरीने पुजाको विशेष महत्व रहने गरेको छ । 

कार्तिक शुक्ल चर्तुदसी देखि सप्तमी चार दिन सम्म मनाइने छैठ पर्वको पहिलो दिन व्रतालुले नुहाएर चोखिएर शाहाकारी भोजन गरी व्रत प्रारम्भ गर्दछन् । दोस्रो दिनलाई खरना भनिन्छ, यो दिन गोवरले लिपपोत गरी व्रतालुले गोप्य रुपमा पुजा गर्ने गर्दछन । व्रतालु पुजामा व्यस्त रहेको समयमा आफन्त तथा श्रदालुहरु वाहिर पर्खि बस्दछन् ।पुजापछि व्रतालु आफुले प्रसाद ग्रहण गरी अरुलाई प्रसाद वाड्ने गरिन्छ ।

तेस्रो दिन अस्ताउँदो सुर्यलाई अर्घ दिने र चौथो दिन अर्थात समापनको दिन विहान उदाउँदो सुर्यलाई विधिवत रुपमा अर्घ दिएर छैठ मनाउने परम्परा रहेको छ ।

Capture

यसै विच सुनसरीको इटहरी उपमहानगरपालिका तथा मोरङको सुन्दरहरैचा नगरपालिकाको संगमस्थल वुढी खोला किनारामा मनाइने छैठ पर्वका लागि शोभा यात्रा निकालिएको छ । शोभा यात्रा राधाकृष्ण मन्दिर बाट बुढीखोलामा पुगेर समापन भएको थियो । शोभा यात्रामा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल, उपप्रमुख संगिता चौधरी, निवर्तमान नगरप्रमुख द्वारिकलाल चौधरी लगायतको सहभागिता रहेको थियो । 

छैठ पुजाका लागि दशैँ समाप्त भए लगत्तै देखि स्थान छनौट गर्ने कार्य देखि सुरु हुने गरेको छ । छठपर्व हरेक वर्ष भाइटिका सकिएको एक दिनपछि विधिवत रुपमा सुरु हुन्छ । यस वर्षका लागि यही कार्तिक १३ गते अस्ताउँद सुर्य र १४ गते उदाउँदो सुर्यलाई अर्घ दिएर विधिवत रुपमा छैठ समापन गरिन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved