सुनसरीका दुई जना सञ्चारकर्मी सम्मानित

  • आश्विन २५, २०७९
  • ३८७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : थारु समुदायको आस्थाको धरोहर ग्रामथानको संरक्षण र उत्थानमा सहयोग पुर्याएको भन्दै सुनसरीका दुई जना सञ्चारकर्मीहरुलाई सम्मान गरेको छ । ग्रामथान संरक्षण समिति सुनसरीको पाँचौ बार्षिक साधारण सभाको अवसर पारेर सञ्चारकर्मीहरु सुमन पुरी र विवेक भट्टराईलाई सम्मान गरिएको हो ।

इटहरी उपमहानगरपालिकाले थारुलाई नगरको प्रथम जाति घोषणा गरेको भन्दै सोही अवसरमा उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल र उपप्रमुख संगिता चौधरीलाई पनि सम्मान गरियो । त्यसै गरी ग्रामथान संक्षण समिति सुनसरीका सल्लाहाकार पदम अधिकारीलाई पनि सम्मान गरियो ।

WhatsApp Image 2022-10-11 at 16.49.44

ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा भएको साधारण सभामा ग्रामथानको अवस्थाका विषयमा अध्यक्ष चौधरीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा रामधुनी नगरपालिका प्रमुख शंकरलाल चौधरी इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताहरुले ग्रामथान संरक्षणमा सबैको सहयोग हुनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved