कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता सहित ईटहरी लेडी जेसीज सप्ताह सम्पन्न

  • भदौ २४, २०७९
  • ४६२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरी लेडी जेसीजको विभिन्न कार्यक्रम गरी जेसीज सप्ताह सम्पन्न भएको छ ।

जेसीजको सचिवालयमा सम्पन्न कलेज स्तरीय वक्तृत्वकला प्रतियोगिता सहित जेसीज सप्ताह सम्पन्न भएको हो । उक्त वक्तृत्वकला प्रतियोगितामा ग्रिनपिस एकेडेमीका सिदार्थ कट्वाल प्रथम भएका छन् ।

त्यस्तै कस्तुरी कलेजका आयुष कट्वाल दोस्रो र ग्रिनपिस एकेडेमीबाटै सुजित सापकोटा तेस्रो भए भने कोशी कलेजकी सरस्वती ढकालले सान्तोना भएकी थिइन् ।

प्रतियोगिताका प्रथम, दोस्रो, तेस्रो हुने लाई नगद सहित प्रमाण पत्र, शिल्ड र मेडल वितरण गरेका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा वरिष्ठ पत्रकार कृष्ण विनोद लम्साल, गंगा घिमिरे, रामचन्द्र भट्टराई, पद्मा देवी पन्धाक रहेका थिए ।  

कविता खड्काको संयोजकत्वमा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार मनुमन्जीलको प्रमुख आतिथ्यता तथा इटहरी लेडी जेसीज अध्यक्ष दुर्गा खड्का आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा मातृ शाखा इटहरी जेसीजका अध्यक्ष लोक नाथ भण्डारी, तरहरा जेसीजका पुर्व अध्यक्ष सुनिल तिम्सीना लगायतको सहभागिता रहेको थियो ।

शाखाले जेसीज सप्ताह अन्तरगत रक्तदान, स्वास्थ्य शिविर, साइकल र्‍याली, शैक्षिक समाग्री वितरण लगायतका विभिद कार्यक्रम सम्पन्न गरिएको कार्यक्रमकी मुल संयोजक लक्ष्मी बराल गौतमले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved