टोलविकास लघुउद्यम सहकारी संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा सम्पन्न

  • भदौ १८, २०७९
  • ५४१ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । सुनसरीको इटहरीमा रहेको टोलविकास लघुउद्यम सहकारी संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ठमनाथ लम्सालको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलको प्रमुख आतिथ्यमा १२ औं वार्षिक साधारण सभा आयोजना गरिएको हो ।

२०६७ सालमा १सय ४९ जना सेयर सदस्यबाट जनही १५ हजारका दरले २२लाख ३५ हजार रुपैया सेयर पुँजीबाट सुरु गरेको टोलविकास लघुउद्यम सहकारी संस्था लिमिटेडका हाल सेयर सदस्य एक हजार २८ पुगेको छ भने सेयर पुँजी २ करोड ६३लाख ५१हजार ६सय रुपैया पुगेको सो अवसरमा प्रतिवेदन प्रस्तुत गरियो ।

सो सहकारीको १२औं साधारण सभामा कर्मचारी सावित्रा पोखरेललाई पुरस्कृत गरिनुका साथै बाल बचतकर्ता ,उत्कृष्ट ऋणी , उत्कृष्ट बचतकर्ता , विद्यार्थी र जेष्ठनागरिकलाई सम्मान समेत गरियो ।साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै समापन हुने सहकारीका सचिव वेदनाथ भेटवालले जानकारी दिए । कार्यक्रममा नेपा वहुउद्धेश्य सहकारीका उपाध्यक्ष जितेन्द्रकुमार श्रेष्ठ, हातेमालो महिला वचत तथा सहकारीकी निर्मला भण्डारी , नेपाल रेडक्रस सोसाईटी इटहरीका सचिव सञ्जीव ढुंगाना लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved