नेपाल जेसिजको क्षेत्र क सम्मेलन मोरङ्गको सुन्दरहरैचामा हुने

  • भदौ १६, २०७९
  • ३२९ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ्ग । युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासका क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएको नेपाल जेसिजको क्षेत्र क सम्मेलन मोरङ्गको सुन्दरहरैचामा हुने भएको छ ।

क्षेत्र क सम्मेलनका विषयमा जानकारी गराउने उद्धेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा यही भाद्र १७ र १८ गते हुने जानकारी गराइएको हो । सुन्दरहरैचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्य र इन्द्रपुर जेसिजका अध्यक्ष भवानी ढकालको अध्यक्षतामा पत्रकार सम्मेलन गरी क्षेत्र क सम्मेलनका विषयमा जानकारी गराइयो । पत्रकार सम्मेलनमा सुन्दरहरैचा क्षेत्रमा जेसिजको क्षेत्र क सम्मेलन आयोजना गर्न लागिएको यो दोस्रो पटक भएको समेत जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्खै नगरप्रमुख गुरागाईले सम्मेलन आयोजनाले सुन्दरहरैचाको पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले आगन्तुकहरुलाई सुन्दरहरैचा क्षेत्रका कलकारखाना तथा पर्यटकीय क्षेत्रकोहरु घुमाउने व्यवस्था मिलाउन आग्रह समेत गरे ।20220901_090611

दुई दिन सम्म चल्ने सम्मेलनको उदघाटन इन्द्रपुर जेसिज मंलग स्मृति प्रतिष्ठान सामुदायिक भवनमा हुने र उदघाटन पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने इन्द्रपुर जेसिजका पुर्व जनाइएको छ । दुई दिने सम्मेलनमा प्रभावका लागि कार्य विषयक कार्यपत्र प्रस्तुति र टिप्पणी , साधारण सभा , विभिन्न विषय केन्द्रीत तालिमहरु , अन्तर शाखा वक्तृत्वकला प्रतियोगिता सहित पर्यटकीय क्षेत्रहरुको दृष्यावलोकन गराई कार्यक्रम रहेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइयो । सम्मेलनका लागि तयारी पुरा भएको र सहभागिताहरु आउने क्रमपनि सुरु भएको इन्द्रपुर जेसिजका अध्यक्ष भवानी ढकालले जानकारी दिए । नेपाल जेसिजको क्षेत्र क सम्मेलनमा प्रत्यक्ष रुपमा करिव १५सय जनाको सहभागिता रहेने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved