फोटोसप र भिडियो मिक्सिगं सम्वन्धी आधारभुत तालिम इटहरीमा सम्पन्न

सुचना प्रविधिका क्षेत्रमा पत्रकारहरुलाई दक्षता प्रदान गर्ने उद्धेश्यले आयोजित तालिम

  • भदौ ८, २०७९
  • ३४८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : प्रविधिको प्रयोग विना दक्ष पत्रकारिता गर्न नसकिने तर्फ मध्यनजर गर्दै पत्रकारहरुलाई मल्टिमिडियाको सिप सिकाउने उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालित एक हप्ते फोटोसप र भिडियो मिक्सिगं सम्वन्धी आधारभुत तालिम सम्पन्न भएको छ ।

प्रेस चौतारी नेपाल इटहरी नगर कमिटीले सुचना प्रविधिका क्षेत्रमा पत्रकारहरुलाई दक्षता प्रदान गर्ने उद्धेश्यले २० जना पत्रकारहरुका लागि आयोजित तालिम सम्पन्न भएको हो ।

पत्रकारहरुको दक्षता र अहिलेको आवश्यकता अनुसार तालिमको आयोजना गरिएको आयोजक प्रेस चौतारी नेपाल इटहरीका अध्यक्ष रेवति निरौलाले जानकारी दिए ।

नेकपा एमाले सुनसरीका उपसचिव यज्ञराज खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकारहरु विसप ताम्राकार, हिमाल दाहाल तथा व्रिटिश एजुकेशनका आइ टि इञ्चार्ज हेमनारायण राजवंशीले फोटोसप सम्वन्धी र दिपेश खतिवडा र कृष्णचन्द्र सुवेदीले भिडियो मिक्सिगं सम्वन्धी सहजिकरण गरेका थिए ।

कार्यक्रममा सहभागी मिलन अधिकारीले तालिम उपलव्धी मुलक भएको बताए ।

तालिमको समापन कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय उपमहासचिव राजन केडी, प्रेस चौतारीका केन्द्रीय सदस्य त्रिलोचन पौडेल, सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेल, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, व्रिटिश एजुकेशनका अध्यक्ष नरेन्द्र दंगाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved