अखिल नेपाल महिला संघ सुन्दरहरैंचा द्वारा तिज विशेष कार्यक्रम सम्पन्न

  • भदौ ५, २०७९
  • ४३१ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ : हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज नजिकिए सँगै विभिन्न संघ संस्थाहरुका महिलाहरु भेला भएर सामुहिक रुपमा नाचगान साथै दर खाने कार्यक्रमहरु आयोजना गर्ने चलन सुरु भएको छ ।

पछिल्लो केही समय यता संघ संस्था र राजनैतिक दल निकट संगठनहरुले पनि तिज विशेष कार्यक्रमको आयोजना गरी शुभकामना आदनप्रदान गर्ने गरेका छन् ।

यस्तै नेकपा एमले निकट अखिल नेपाल महिला संघले पनि तिज विशेष कार्यक्रमको आयोजना गरेको छ ।

आइतवार अखिल नेपाल महिला संघ सुन्दरहरैंचा नगर कमिटिले नेतृत्व बिकास तथा तिज विशेष सास्कृतीक कार्यक्रमको आयोजना गरेको हो । अखिल नेपाल महिला संघ सुन्दरहरैचा नगर कमिटी अध्यक्ष कविता शर्माको अध्यक्षता तथा नेकपा एमाले प्रदेश १ कमिटि उपसचिव धनमाया तामाङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नाचगान तथा सांंगीतिक कार्यक्रम प्रस्तुत गरीएको थियो ।

त्यस्तै महिलाहरुलाई अभिप्रेरीत गराउने उदेश्यले “सृजनाका दिपहरु बाल्ने तिम्रा हात, सगरमाथा चुम्नसक्ने धैर्यता र साहास” लगायतका रचनाहरु समेत प्रस्तुत गरीएको थियो ।

महिलाहरुमा समुहगत भेला मार्फत सामुहिक भावनाको विकास गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको आयोजक समितिकी अध्यक्ष शर्माले जानकारी दिइन् ।

साथै उनले महिलाहरुको नेतृत्व बिकासका नीमित्त यस कार्यक्रमको व्यवस्थापनको जीम्मेवारी संगठनमा आबद्ध महिलाहरुलाई दिइएको समेत बताइन् । 

उक्त कार्यक्रममा लोक गायक बालकृष्ण सिग्देल, गंगा गौतम लगायतका कलाकारहरुको तिज विशेष सांगीतिक प्रस्तुती रहेको थियो भने नेकपा एमाले प्रदेश कमिटि सचिवालय सदस्य, प्रदेश कमिटी सदस्य, अखिल नेपाल महिला संघ सुन्दरहरैचा ३ की अध्यक्ष सावित्रा सिवाकोटी लगायतका अतिथीहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved