निल डेभिडद्वारा ईटहरीमा सेलुन एकेडेमी मेकअप स्टुडियो उद्घाटन

  • श्रावण २०, २०७९
  • ५८१ पटक पढिएको
  • न्यू पाटी
alt

ईटहरी : इटहरीमा सेलुन एकेडेमी मेकअप स्टुडियो शुक्रबारबाट सञ्चालनमा आएको छ । उक्त मेकअप स्टुडियोको निल डेबिड कट्वालले शुक्रबार उद्घाटन गरेका छन् ।

५ वर्ष सम्म अस्ट्रेलियामा मेकअप स्टुडियो सम्बन्धि कोर्ष सकेर नेपाल आएकि जेनिसा पराजुलीले आफुले सिकेको ज्ञानको प्रयोग नेपाल मै गर्नु पर्छ भन्ने उदेश्यले स्टुडियो सञ्चालनमा ल्याएको बताएकी छिन् ।  स्टुडियोले सुरुवाती समयमा ६ जना भन्दा बढिलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको उनले बताइन् । सेलुन एकेडेमी मेकअप स्टुडियोमा महिला र पुरुष दुबैलाई सेवा प्रवाह गर्ने समेत उनले जानकारी दिइन् ।

20220805_200708

कार्यक्रमका प्रमुख अतिथि निल डेबिड कट्वालले सेलुन मेकअप स्टुडियो संचालनमा आउँदा आफु धेरै खुशी भएको बताएका छन् । निल डेबिडले देश विदेशमा गरेर २८ वटा भन्दा बढि स्टुडियो संचालन गरेको समेत बताए । हालसम्म उनले एक हजार भन्दा बढि मानिसलाई रोजगारी दिएको जानकारी दिएका छन् । निल डेबिडले नेपाल, भारतमा समेत हेयर सेलुन तथा ब्युटिपालर संचान गर्दै आएका छन् र पछिल्लो समयमा उनले दुबईमा समेत पार्लर संचालन गर्न सम्झौता गरेर आएको बताएका छन् ।

त्यसैगरि मेकअप स्टुडियो संचालनमा आउदा धेरै युवा युवतिले रोजगारी पाउने बिशिष्ठि अतिथि इटहरी वडा नम्बर ६ का वडा अध्यक्ष दिवस पोख्रेल आशा व्यक्त गरेका छन् । उनले इटहरी व्यवसायिक हवको रुपमा परिचित हुँदै गरेको समयमा यस प्रकारका व्यवसायले थप युवायुवतीहरुमा व्यवसाय प्रति उर्जा थपिने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved