डा. वेणु सिटौलाको संयोजकत्वमा ९ सदस्यिय स्काउट स्थानीय समिति इटहरी गठन

  • श्रावण १८, २०७९
  • ३३५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको स्काउटको स्थानीय समिति गठन हुने क्रम जारी रहेको समयमा इटहरी उपमहानगरपालिकामा पनि तदर्थ समिति गठन गरिएको छ । डा.वेणु सिटौलाको संयोजकत्वमा ९ सदस्यिय स्काउट स्थानीय समिति इटहरी गठन गरिएको हो ।

समितिको सदस्यहरुमा नारायण सुवेदी , थानेश्वर ढकाल ,डिककुमार तामागं,चेतनाथ भट्टराई, सुमन ढुंगेल, शैलेन्द्रकुमार चौधरी, दिपक पोखरेल र देवराज मादेन रहेका छन । इटहरी उपमहानगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरी स्काउट स्थानीय समिति इटहरी उपमहानगरपालिका संरक्षक हेमकर्ण पौडेल, प्रमुख संगिता चौधरी र तदर्थ समितिको दिक्षान्त सम्पन्न भएको छ ।

दिक्षान्तपछि इटहरी उपमहानगरपालिका प्रमुख तथा स्थानीय स्काउटका संरक्षक हेमकर्ण पौडेलले युवाहरुलाई मानवीय सेवाका क्षेत्रमा जोडने गरी स्काउट सम्वन्धी तालिम दिने वताए ।

इटहरी क्षेत्रका विद्यालयहरुमा स्काउट अभियान विस्तार गरी युवाहरुलाई तालिम प्रदान गरिने स्काउट इटहरीका संयोजक डा.सिटौलाले वताए । उनले इटहरी क्षेत्रका ३० विद्यालयमा प्रत्येक विद्यालयका ३० जना विद्यार्थीलाई स्काउट सम्वन्धी तालिम प्रदान गरेर एक वर्ष भित्रमा इटहरी ९सय जनालाई स्काउट तालिम दिने समेत जानकारी दिए । यस अघि स्काउट विद्यालयहरुमा केन्द्रीय स्तरबाट मात्र रहेको थियो भने अहिले आएर विकेन्द्रीतकरण भएर स्थानीय पालिकाहरुमा समेत विस्तार गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved