सडक क्षेत्रलाई सौन्दर्यकरण गर्ने अभियानमा इटहरीका युवा

  • श्रावण १८, २०७९
  • ५८८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  सडक क्षेत्र सफा र सुन्दर वनाउने अभियानमा सुनसरीका इटहरीवासीहरु जुटेका छन । किमाथांका रानी सडक खण्ड अन्तरगत इटहरी र तरहरा को विच भागमा स्थानीयहरुले सडकको सौन्दर्यकरण गर्ने अभियानमा जुटेका हुन ।

दुई तर्फको सडकको विचभागमा फूल लगाउन छोडिएको स्थानमा स्थानीयहरुले वुट्यान हुने खाले विरुवा तथा विभिन्न जातका फूल लगाएर संरक्षण गर्न थालेका छन । आफ्नो गाँउ आफै बनाउ भन्ने नाराका इटहरी क्षेत्रलाई सफा नगर बनाउने उद्धेश्यमा साथ विगत पाँच वर्ष देखि इटहरीको मठ,मन्दिर तथा बजार क्षेत्रको सरसफाई अभियानमा वुल्स एलेभेन क्लबले सञ्चालन गर्दै आएको ।

स्थानीय अग्रजहरुले लगाएका विरुवाहरुको गोडमेल गर्दै सरसफाई गरिएको वुल्स एलेभेनका उपाध्यक्ष रामु राईले वताए ।

सडक क्षेत्रलाई सौन्दर्य वनाउने अभियान अन्तरगत वुट्यान मात्र हुने विभिन्न जातका विरुवा र फूलहरु लगाइएको स्थानीय दिपेश बजगाईले जानकारी दिए । उनले धेरै ठुला हुने विरुवाहरु नलगाएर साना वुटा हुने खालका विरुवाहरु मात्र लगाइएर सो क्षेत्रमा सुन्दर वनाउने काम स्थानीयले गर्दै आएको जानकारी दिए ।

सो क्षेत्रका स्थानीय युवाहरु रोशन तामागं, दिपेन्द्र ढकाल , विनोद अधिकारी लगायतले विरुवा तथा फूलहरु लगाएर संरक्षण गर्ने काम गर्दै आएका छन । किमांथाका रानी सडक खण्ड अन्तरगत इटहरी क्षेत्रका सडकको दुई तर्फको विचभागमा फूलबारी लगाउने भनेर योजना अनुसार ठाउँ समेत छुट्याएको छ । सोही ठाउँमा स्थानीयले फूल तथा विभिन्न जातका तिन सय बढी विरुवाहरु लगाएर सरसफाई साथै सौन्दर्यकरण गर्न थालेका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved