"इटहरीको समग्र बिकाश र समृद नागरिक निर्माण" नेकपा एमालेबाट इटहरीमा मेयरका उम्मेद्वार यामकुमार सुब्बा

  • बैशाख २१, २०७९
  • ५०८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : स्थानिय निर्वाचनको मिती नजिकिँदै गर्दा सुनसरीको इटहरीमा चुनावी माहोल तातिदै गएको छ ।

बिभिन्न राजनीतिक दलहरुले आ-आफ्नो एजेण्डाहरु बोकेर घरदैलो अभियानलाइ तिब्रता दिँदै आएका छन् । यसै बिच नेकपा एमालेले पनि स्थानिय निर्वाचनमा जित हाशिल गर्न यतिबेला चुनावि एजेण्डा सहित जनताको घरदैलो अभियानलाई तिब्रता दिँदै आएको छ ।

इटहरीको वातावरणिय अवस्था, भौगलिक समस्या, पूर्वाधार बिकाशका समस्या लगायतका विषयलाई एजेण्डा बनाएर नेकपा एमालेबाट इटहरीमा मेयरका लागि यामकुमार सुब्बा, उपमेयरमा संगिता चौधरी लगायत २० वटै वडाका वडाध्यक्ष देखि सदस्यहरु सम्म घरदैलो अभियानमा ब्यस्त देखिएका छन् ।

नगरवासिको आयआर्जनमा सहज वनाउने र घर दैलो अभियानको क्रममा जहाँ समस्या त्यहाँ समधान लगायतका एजेण्डा सहित आफना सहयोगी सहित घरदैलो अभियानमा रहेका छन् । घरदैलो अभियानको क्रममा देखिएका समस्याहरुलाइ टिपोट गरि सुरुमा अध्यन गरिने र निर्वाचन पश्चात् सोहि विषयमा समस्या समाधान गर्ने गरि योजना बनाएर काम गर्ने प्रतिवद्धता सहित अभियान जारि राखेका हुन् ।

279770500_548045470212540_6062431795269901539_n

इटहरीको समग्र बिकाश र समृद नागरिक लगायतका विषयलाई मुख्य चुनावी एजेण्डा बनाएर शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य विकास कार्यमा योजना सहितको जनसहभागिता गराई नगरमा रहेका समस्याहरु समाधान गर्दै विकास निर्माण गर्ने बाचा गर्दै एमाले प्रमुख पदका उमेदवार सुब्बा मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

उक्त अभियानमा नेकपा एमालेका प्रदेश एक सांसद लिलम बस्नेत, निर्वाचन प्रचार प्रसार समितीका सह संयोजक हिमाल सुवेदी पनि आफ्नो पक्षका उम्मेद्वारलाई जिताउन जनताको घरदैलोमा भोट माग्न ब्यस्त देखिएका छन् ।

नगरवासी युवा, खेलाडीहरुका लागि खेलकुद विकासका लागि प्रोत्साहन गर्ने, क्रिकेट मैदान बनाउने, युवा तथा महिलालाई सिप मुलक तालिम प्रदान गरी आत्मनिर्भरताका लागि आयआर्जनका कार्यक्रमहरु ल्याइने उमेद्वार सुब्बाको प्रतिवद्धता छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved