बराहक्षेत्र : २०७४ सालको स्थानीय निर्वाचनमा बराहक्षेत्र नगरपालिकामा नगर प्रमुखमा नेकपा एमालेका उम्मेदवार निलम खनालले १४ हजार ४ सय ४६ मत ल्याएर विजयी भएका थिए भने उनको निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बाबुराम बिष्टले ११ हजार ४ सय ८९ मत प्राप्त गरेर दोश्रो स्थान हासिल गरेका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार कमल बहादुर कट्वालले २ हजार ७ सय ३८ मत प्राप्त गरेर तेस्रो स्थान हासिल गरेका थिए ।
यस पटकको चुनावमा पनि एमालेबाट नगर प्रमुखका रुपमा निलम खनाललाई पुनः दोस्रो पटक उमेदवार बनाएका छन् । खनाल बराहक्षेत्र नगरपालिकाका प्रथम नगर प्रमुख भएर काम गर्ने अवसर प्राप्त गरीसकेका छन्। उनी नेकपा एमाले सुनसरी जिल्ला उपाध्यक्ष पनि हुन् । एमाले नेता निलम खनाल आफ्नो राजनैतिक विरासत कायम गर्दै नगर प्रमुख, उप प्रमुख सहित सवै सदस्यहरु जित्ने लक्ष्य साथ चुनावि मैदानमा होमिएका छन् । साम, दाम, दण्ड, भेद प्रयोग गरी पुनः नगर प्रमुखको पद हत्याउने दाउमा रहेका छन् ।
यस पटकको चुनावमा नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रको गठबन्धनको साथ सहयोग प्राप्त गर्दै युवा नेता रमेश कार्कीलाई नगर प्रमुखको रूपमा उतारेको छ । युवा नेता रमेश कार्की पनि साम, दाम, दण्ड, भेद प्रयोग गरी एमालेको लाल किल्ला भत्काउदै नगर प्रमुख, उप प्रमुख सहित ११ वटा वडा अध्यक्ष जित्ने दाउमा लागि परेका छन् । स्थानीय तह २०७४ को निर्वाचनमा वराहक्षेत्र नगरपालिकामा नेपाली कांग्रेसले एकलौटी चुनावि प्रतिस्पर्धामा होमिदा दोस्रो स्थानमा प्राप्त गरेका थियो भने यस पटक माओवादी केन्द्रको साथ सहयोगले गर्दा आफ्नो जित सुनिश्चित भएको कार्कीले दावी गरेका छन् ।
बराहक्षेत्र नगरपालिकाको चुनावी माहोलमा नगर प्रमुख, उप प्रमुख देखि सदस्य सम्म कांग्रेस तथा एमाले बिच एक अर्कामा कडा रुपमा प्रतिस्पर्धा हुने आँकलन स्थानीय नगरवासीले गरेका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा बराहक्षेत्र नगरपालिकामा एमालेले नगर प्रमुख, उप प्रमुख सहित ३, ४, ५, ७, ८, ९, १० तथा ११ गरी ८ वडामा अध्यक्ष जित हासिल गरेका थिए भने नेपाली कांग्रेसले १, २ र ६ गरी जम्मा ३ वटा वडामा सिमित भएका थिए ।
गठबन्धनका निर्वाचन समिति बराहक्षेत्रका सारथि रेवती रमण दुलालले चुनावी रणनीतिको जिम्मेवारी पाएका छन् । उनि भन्छन यस पटकको निर्वाचनमा नगर प्रमुख, उप प्रमुख सहित ११ वटा वडा अध्यक्ष जित्ने लक्ष्यका साथ लाल किल्ला ढाल्ने दाउमा लागि परेका छौ । उनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सफल वा असफल हुन्छन् चुनावि प्ररिणामले देखाउने नै छ ।
एमालेबाट निर्वाचन परीचालित कमिटीको संयोजक तथा सारथि बद्री नाथ घिमिरेले जिम्मेवारी पाएका छन् । उनी नगर प्रमुख, उप प्रमुख सहित ११ वटा वडा अध्यक्ष जिताउने जिम्मा लिएका चुनावि माहोलमा आफ्ना कार्यकर्ता तथा सुभेच्छुकहरुलाई वडाहरुमा परिचालित गरी २०७४ सालको लाल किल्लाको विरासत जोगाउनका लागि अहोरात्र लागि परेको कुरा घिमिरेले बताए ।
गठबन्धनबाट दुलाल तथा एमालेको तर्फबाट घिमिरेले आफु माथि आइ परेको जिम्मेवारी पुरा गर्न साम, दाम, दण्ड, भेदको अस्त्रहरु कहाँ, कसरी प्रयोग गर्छन् भन्ने बारेमा स्थानीय बासिन्दाहरुलाई चासोको विषय बनेको छ ।
गठबन्धनद्वारा नगर प्रमुख नेपाली कांग्रेसका रमेश कार्कीको नेतृत्वमा उप प्रमुख तथा वडा अध्यक्षहरुको नामावली यसप्रकार छन् :
उप प्रमुख माओवादीका अमित गौतम, वडा नं. १ सुरेश श्रेष्ठ, वडा नं. २ नारायण नेपाल, वडा नं. ३ राजदिप लामा, वडा नं. ४ नुतन धामी, वडा नं. ५ रोहित काफ्ले, वडा नं. ६ उद्धव प्रसाद पोख्रेल, वडा नं. ७ कपिल आचार्य, वडा नं. ८ रोशन खड्का, वडा नं. ९ निरन्जन चन्द्रवंशी, वडा नं. १० तेज गुरुङ्ग, वडा नं. ११ कृष्ण कुमार महतो रहेका छन् ।
त्यस्तै ने.क.पा. एमालेको तर्फका उमेदवारहरु नगर प्रमुखमा निलम खनाल, उपमेयर नन्द कुमारी राई वडाध्यक्षहरुमा वडा नं. १ किसन थापा मगर, वडा नं. २ होम प्रसाद गौतम, वडा नं. ३ रुद्र बहादुर दाहाल, वडा नं. ४ आशाराम चौधरी, वडा नं. ५ देबेन्द्र बहादुर बिष्ट, वडा नं. ६ टेकेन्द्र कार्की, वडा नं. ७ होमनाथ निरौला, वडा नं. ८ भानु लिम्बू, वडा नं. ९ दिपक लिम्बू, वडा नं. १० मणिराज तामाङ, वडा नं. ११ गोकुल श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved