बिरगंज महानगरमा एमाले र लोसपाबीच गठबन्धन

  • बैशाख ८, २०७९
  • ४१५ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाण्डौ :  वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले चुनावी गठबन्धन गरेका छन् । तालमेल अनुसार महानगरको प्रमुख एमालेबाट र उपप्रमुख लोसपाबाट उठ्ने भएका छन् ।

दुवै पार्टीका नेताहरुले आज बिहान वीरगञ्जमा संयुक्त पत्रकार सम्मेलन गरी चुनावी गठबन्धन भएको जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा एमालेका नेता रघुवीर महासेठ, लोसपाका नेता लक्ष्मणलाल कर्णलगायत सहभागी हुनुहुन्थ्यो । तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गर्नुभएको छ ।

सत्ता गठबन्धनको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा)र उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ । तर यो तालमेलमा पर्साका कांग्रेस नेता तथा कार्यकर्ताले असंतुष्टि जनाएका छन् । वीरगञ्जको मेयर जसपालाई दिने गठबन्धनको निर्णयमाथि पुनर्विचार गर्न उनीहरुको आग्रह छ ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved