थारु पत्रकार संघ सुनसरीमा निशान प्रकृति थारु निर्वाचित

  • चैत्र २१, २०७८
  • ५९३ पटक पढिएको
  • न्यू पाटी
alt

रामधुनी : थारु पत्रकार संघ नेपाल सुनसरीको तेस्रो जिल्ला अधिवेशनबाट निशान प्रकृति थारु अध्यक्ष पदमा निर्वाचित भएका छन । 

आज (साेमबार)सुनसरीको रामधुनी नगरपालिका वडा–२ थारु संग्रालयमा भएको थारु पत्रकारको तेस्रो अधिवेशनमा सर्वसहमत रुपमा अध्यक्षमा थारुलाई चयन गरिएको हो । पुरानो जिल्ला कार्यसमितिलाई विगंठन गरी नयाँ १३ जनाकाे कार्यसमिति गठन गरिएको छ ।

थारु पत्रकारको हक, हित तथा अधिकारको लागि वकालत गर्दै आइरहेको संघले जिल्ला अधिवेशनबाट उपाध्यक्ष क्रमशः कमला चौधरी, हेमन्त चौधरी, सचिव सरोज चौधरी, सह–सचिव श्वेता सरदार थारु, कोषाध्यक्ष होमकुमारी चौधरी चयन भएका छन । त्यसैगरी सदस्यहरुमा मनिषा चौधरी,रेखा चौधरी, पिंकी चौधरी, चन्द्रकला चौधरी, विनिता चौधरी चयन भएका हुन । दुई जना सदस्यलाई भने पहिलो बैठकबाट मनोनित गर्ने जनाएको छ । थारु पत्रकार संघ नेपाल सुनसरीका निवर्तमान अध्यक्ष सुनिल चाैधरीले नयाँ अध्यक्ष निशान प्रकृति थारुलाई पद हस्तान्तरण गर्दै शुभकामना दिएका छन । 

उक्त अधिवेशन कार्यक्रममा थारु पत्रकार संघका केन्द्रीय सचिव कुलदिप चौधरी,फोनिज प्रदेश १ का सचिव प्रदीप जस्मैत, फोनिज सुनसरी पुर्व अध्यक्ष धिरेन्द्र चौधरी, अग्रज पत्रकार गवनसिंह चौधरी, थारु महिला सभा सुनसरीका अध्यक्ष शुशिला चौधरीले नयाँ कार्यसमितिलाई शुभकामना व्यत्त गर्दै सुनसरी भरिका थारु पत्रकारहरुको उपस्थिति रहेको थियो । थारु पत्रकार संघ नेपालको ५ औ राष्ट्रिय केन्द्रिय महाअधिवेशन यही चैत्र २५ र २६ गते नवलपुरमा भव्य रुपमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved