पालिका स्तरीय गठबन्धन दलहरुको निर्णय,धनकुटाको सातवटै पालिकामा गठबन्धन हुने र निर्वाचन जित्ने

  • चैत्र १४, २०७८
  • ८०५ पटक पढिएको
  • न्यू पाटी
alt

धनकुटा : जिल्लाको सात वटै पालिकाहरुमा सत्ता गठबन्धन दलहरुका पालिका स्तरको बैठक आज बैठकहरु आज गरी संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी जाने निर्णय गरेका छन ।

धनकुटा जिल्लाका सात वटै पालिकामा सत्ता गठबन्धन दलहरु नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकिृत समाजवादी ,जनता समावजवादी पार्टी को पालिका स्तरमा छुट्टा छुट्टै बैठक वसी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी निर्वाचन जित्ने गरी साझा उम्मेदवारीहरु दिने निर्णयहरु गरेका हुन ।

धनकुटामा स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गर्दै नेपाली कांग्रेस धनकुटाको आज पदाधिकारीहरुको बैठकले स्थानीय तहको आवाश्यक्ता अनुसार वडा र स्थानीय तहमा गठबन्धन गर्नका लागी स्थानीय स्तरमानै गर्न निर्देशन दिए पछि नेपाली कांग्रेसले समन्वय मा पालिका स्तरमा धमाधम गठबन्धन दलहरुको पटक पटक वैठकहरु वस्दै गठबन्धन गरी निर्वाचनमा जाने सहमती भएको नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले वताउनु भयो ।

धनकुटा जिल्लाको सागुरीगढी गाउपालिकामा आज सत्ता रुढ दलहरु नेपाली कांग्रेस सागुरीगढीका सभापती नेपाल धन राई,नेकपा माओवादी केन्द्रका अध्यक्ष जगत राई,जनता समाज वादी पार्टीका अध्यक्ष लिलाराज लावती र नेकपा एकिृकतका अध्यक्ष रमेश राईको सहभागीता सागुरीगढी गाउपालिका स्तरीय संयुक्त बैठक गरी गठबन्धन गरी पालिकाको निर्वाचनमा जाने निर्णय गदै वडा स्तर सम्म गठबन्धनको वारेमा छलफल गर्ने र आ आफ्नो पार्टीको मत संर्वेक्षण गर्ने समेत सहमती भएको छ ।

यसैगरी धनकुटा जिल्लाको छथरजोरपाटी गाउपालिकामा पनि नेपाली कांग्रेस छथरजोरपाटीका सभापती छत्र वहादुर सुब्बा,नेकपा माओवादी केन्द्रका अध्यक्ष ज्ञानेन्द्र वहादुर कार्की,नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र राई र जनता समाजवादी पार्टीका छथरजोरपाटीका ईच्र्चाज इन्दिरा के सी ले बैठक गरी छथरजोरपाटीमा पनि गठबन्धन गरी निर्वाचन जित्ने निर्णय गर्दै विज्ञप्ती समेत प्रकाशित गरेको नपाली कांग्रेस छथरजोरपाटीका सचिव पदम भट्टराईले वताउनु भयो । यसका लागी गाउ गाउमा अभियान सचालन गर्ने समेत भएका छन ।

 यसैगरी पाख्रिवास नगरपालिकामा समेत नगर स्तरीय गठबन्धन दलहरु नेपाली कांग्रेसका सभापती प्रेम भण्डारी,सचिव सन्तोष मानन्धर,नेकपा माओवाी केन्द्रका अध्यक्ष ओम प्रकाश निरौला,उपाध्यक्ष योगेन्द्र कार्की,सविच बलाराम खड्का,नेकपा एकिकृत समाजवादीका अध्यक्ष सोभित निरौला,जनता समाजवादी पार्टीका अध्यक्ष जितेन्द्र माङपाङको सहभागीतमा गठबन्धनको बैठक गरी पाख्रिवासमा पनि गठबन्धन गरी निर्वाचन जित्ने निर्णय गरेका छन । 

यसैगरी धनकुटा नगरपालिकामा समेत नेपाली कांग्रेस धनकुटका नगर संयोजक तथा जिल्ला सचिव विजय सन्तोषी राई,नगर कार्य समितिका सभापती नरेश श्रेष्ठ,उपसभापती अमित लो तामाग,नेपका माओवादी केन्द्र धनकुटा नगर संयोजक गणेश विष्ट,नगर अध्यक्ष हेमचन्द्र किराती,उपाध्यक्ष सुरेन्द्र आठपहरीया,सविच खगेन्द्र विष्ट,जनता समाजवादी पार्टी धनकुटका कोषाध्यक्ष सरोज आठपहरिया,जिल्ला अध्यक्ष दिल कुमार राई,नेकपा एकिकृत समाजवादीका नगर ईञ्र्चाज सोम वहादुर राई,नगर अध्यक्ष सुजनभाई जोशीको सहभागीतमा गठबन्धनको बैठक गरी गठबन्धन गरी धनकुटा नगरमा अत्यधिक मतले निर्वाच जित्ने निर्णय गरेको छ ।

धनकुटा नगरका सवै वडाहरुमा गठबन्धनको वडा स्तरीय बैठक गरी अभियान संचालन गर्ने समेत निर्णय गरेको छ ।

यसैगरी महालक्ष्मी नगरपालिकामा समेत नेपाली कांग्रेस वार्ता टोलीका संयोजक तथा क्षेत्रिय सभापती राजन पौडेल,सदस्यहरु तिलक महत,परिर्वतन राज पौडेल,नेकपा माओवाी केन्दका नगर अध्यक्ष प्रेम खड्का,उपाध्यक्ष भरत कुवर,सचिव पदम रखाल,जसपाको तर्फबाट इञ्र्चाज मणीराज लुङ्केली, नगर अध्यक्ष नरेन तुम्बा,सचिव सोभित भण्डारी,नेकपा एकिृत समाजवादी पार्टीका नगर इञ्र्चाज जेवी घलेमगर, अध्यक्ष लाल वहादुर महतराको सहभागीतमा गठबन्धनको बैठक गरी महालक्ष्मी नगरपालिकामा समेत गठबन्धन गरी निर्वाचनमा जाने र विजयी प्राप्त गर्ने निर्णय गरेका छन ।निर्वाचनमा गठबन्धन गरी उम्मेदवारी दिनका लागी गठबन्धन दलहरुका मत सर्वेक्षण गरी वडा स्तर सम्म छलफल गर्ने नेपाली कांग्रेसका क्षेत्रिय सभापती राजन पौडेलले वताउनु भयो ।यसैगरी धनकुटाको सहिद भूमी गाउपालिकामा समेत गठबन्धनका दलहरुका पालिका अध्यक्षहरु र नेताहरुको अनौपचारिक छलफल भैरहेको र वठबन्धन गरी निर्वाचनमा जोन सहमती भएको र छिटैनै गठबन्धनको संयूक्त बैठक गरी निर्णय गर्ने भएका छन ।

धनकुटाको चौविसे गाउपालिकामा पनि नेपाली कांग्रेस चौविसे गाउपालिकाका सभापती बिजु राई,महाधिवेशन प्रतिनिधि हर्कमान चेम्जोग,नेकपा माओवादीका पालिका इञ्र्चाज आधुनिक देवान,पालिका , सह इञ्र्चाज ममिन्द्र तुम्सा, अध्यक्ष इन्द्र खत्री, जनता समाजवादी पार्टीका इञ्र्चाज जिवन चावा, अध्यक्ष दिवा चेम्जोग,सचिव सागर संगम चेम्जोग, नेकपा एकिकृतका डगेन्द्र थापा,बुद्ध याक्खा,लोकेन्द्र मगर,संघिय लिम्बुवान मञ्चका अध्यक्ष कविर लिम्बु,आईत सोदेन,आशिष चेम्जोगको सहभागीतमा बैठक गरी गठबन्धन गरी निर्वाचनमा जाने र निर्वाचत जित्ने निर्णय गरेको छ ।

 धनकुटा स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरुसंग गर्ने र कुन कुन पद कसरी बाडफाड गरी र्निाचनमा साझा उम्मेदवारी दिने सम्वन्धमा स्थानीय स्तरमानै छलफल गर्ने र समहमती गर्नका लागी अधिकार दिइएको नेपाली कांग्रेस जिल्ला सचिव तथा संगठन विभाग प्रमुख विजय सन्तोषी राईले बताउनु भयो । 

यसैगरी सात वटा पालिकामा प्रमुख र उपप्रमुखमा समेत गठबन्धन गरी उम्मेदवार दिनका लागी पालिका स्तरमानै सत्ता गठबन्धन दलहरुसंग छलफल गरी बाडफाड गर्नका लागीनेपाली कांग्रेस धनकुटा जिल्लाबाट खटाइएका पालिका संयोजकहरुले पालिका समितिका सभापती तथा पालिका समितिसंग समन्वय गरी उनीहरुकै सहभागीतामा गठबन्धन दलहरुको संयुक्त बैठक गरी निर्णय गरी सिफारिस गर्न नपाली कांग्रेस धनकुटाका प्रवक्ता खगेन्द्र घिमिरेले वताउनु भयो ।

धनकुटा जिल्लाको सात वटै पालिकामा छुट्टा छुट्टै पालिका स्तरमा गठबन्धनको संयुक्त बैठक गरी गठबन्धन गरी स्थानीय तहको निर्वाचनमा सहभागी निर्णय संगै एमालेको हार निश्चित भए पछि एमाले हारको हतास मानसित्तामा अतालिएको र गठबन्धनको पक्षमा जिल्लाभरी जनलहरु एक्कासी उर्लिएर आएकोले धनकुटावासीमा नया उत्साह जागृत भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved