स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्ने पक्षमा सरकार : प्रधानमन्त्री शेरवहादुर देउवा

  • चैत्र ७, २०७८
  • ५७७ पटक पढिएको
  • न्यू पाटी
alt

मोरङ : प्रधानमन्त्री शेरवहादुर देउवाले सरकार स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा गर्ने पक्षमा रहेको वताएका छन् ।

मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रशासकिय भवन शिलन्यास कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री देउवाले सरकार निर्वाचन आयोगले तोकेको समय सार्ने मनसायमा नरहेको वताएका हुन् ।

निर्वाचन आयोगले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि मिति तोकि सकेको भएपनि सरकारले तोकिएको मितिमा निर्वाचन गर्न नचाहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आरोप लगाउँदै आएको समयमा मोरङको सुन्दरहरैचा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार निर्वाचन सार्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्री देउवाले निर्वाचन गर्ने काम निर्वाचन आयोगको भएको र निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तय गरिसकेकाले सबै निर्वाचनलाई निष्पक्ष र धादलीरहित सम्पन्न गर्न जुट्नु पर्नेमा जोड दिए । उनले सरकार निर्वाचन सार्ने मनसायमा नरहेको भन्दै तोकिएको समय मै निर्वाचन हुने विश्वास दिलाउन चाहन्छु भने ।

सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले हिजो मोरङको लेटाङमा महिला सुरक्षाकर्मीलाई सांघातिक आक्रमण गरी हत्या गरिएको विषयमा सरकारले आवश्यक छानविन गरी दोषीलाई कडा कारवाही गर्ने समेत जानकारी गराए । यस अघि ३५ शैयाको निर्माण सम्पन्न सुन्दरहरैचा नगर अस्पतालको समुद्घघाटन गरेका थिए ।

WhatsApp Image 2022-03-21 at 13.41.32 (1)

कार्यक्रममा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले नगरपालिकाले गरेका विकास निर्माणका विषयमा जानकारी गराएका थिए । सोही कार्यक्रममा पुर्व मन्त्री भानुभक्त ढकाल, राष्ट्रिय सभाका सदस्यद्धय रमेशजंग रायमाझी, गोपी आछामी र सुन्दरहरैचा नगरपालिकाकाकी उपप्रमुख धनमाया तामाङले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved