इटहरीको सर्पदंश उपचार केन्द्रको स्वास्थ्य मन्त्री यादवद्वारा निरिक्षण

  • फाल्गुन २१, २०७८
  • ४७६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  सर्पदशंको सफल उपचार सेवा प्रदान गर्दै आएको कारण पुर्वी नेपालमै नाम कमाएको सुनसरीको इटहरीमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रको प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले निरिक्षण गरेका छन ।

नेपाली सेनाको प्राविधिक सहयोगमा सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्रको प्रदेश नम्बर १का स्वास्थ्य मन्त्री यादवले निरिक्षण गरेका हुन ।

सर्पदंशका कारण मानिसहरुले ज्यान गुमाउनु परिरहेको तर्फ मध्यनजर गर्दै नेपाली सेनाको सहयोगमा २०६९साल देखि सामुदायिक स्तरमा सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रले हाल सम्म ११हजार बढी सर्पदंशका विरामीहरुलाई उपचार सेवा प्रदान गरेको केन्द्रका अध्यक्ष दिवस पोखरेले मन्त्री यादवलाई जानकारी गराए । त्यसै गरी अध्यक्ष पोखरेलले विगत पाँच वर्ष यता देखि उपचारका लागि आएका सबै विरामीहरुले निको भएर घर फर्कीएको समेत वताए । अध्यक्ष पोखरेलले सामुदायिक सर्पदंश उपचार केन्द्र स्थापना देखि हाल सम्मको अवस्थाका विषयमा मन्त्री यादवलाई अवगत गराएका थिए ।

 विरामीहरुको चाप र सफल उपचार सेवा प्रदान गर्दै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रका लागि प्रदेश सरकारले सक्ने सहयोग प्रदान गर्ने वताए । उनले स्वास्थ्य समेत पहिले सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको र हालै मात्र छुटै स्वास्थ्य मन्त्रालय वनाइएपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफुले पाएकाले आगामी दिनमा स्वास्थ्यका क्षेत्रमा राम्रो काम गर्ने गरी योजना वनाएको पनि मन्त्री यादवले जानकारी गराए ।

मन्त्री यादवको अवलोकन निरीक्षणका क्रममा सामुदायिक सर्पदंश उपाचार सेवा केन्द्रका उपाध्यक्ष राजु थापा सचिव पोखरेल उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष गायत्री कटुवाल नेपाली काँग्रेस इटहरीका कार्यवाहक सभापति कोवित जगं कार्की लगायतको उपस्थिती रहेको थियो ।  

सामुदायिक सर्पदंश केन्द्र इटहरीमा सुनसरी ,मोरगं ,उपयपुर लगायत पुर्वी पहाडि क्षेत्रका विभिन्न जिल्लाहरुबाट साथै छिमेकी मुलुक भारतबाट समेत सर्पदंशका विरामीहरु उपचारका लागि आउने गरेका छन । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved