इटहरीको बिपि चोकमा नवस्थापित बिपिको शालिकमा माल्यार्पण

  • फाल्गुन १९, २०७८
  • ७७८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  बीपी संग्रहालय समिति सुन्दरीजलका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसका नेता पर्शुराम पोखरेलले इटहरी वडा नम्बर ६ स्थित बीपी चोकमा नवस्थापित जननायक बिश्वेश्वरप्रसाद कोइरालाको अर्धकदको शालिकमा एक कार्यक्रमका बीच माल्यार्पण गरिएको छ । इटहरीको बीपी चोकमा नवस्थापित बीपीको शालिकमा माल्यार्पण गर्ने अध्यक्ष पोखरेल पहिलो व्यक्ति हुन् ।

माल्यार्पण पछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष पोखरेलले नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको अध्ययन, राजनैतिक र संघर्षपूण जीवन लगायत समग्र बीपीवादको खोजी गर्दै भारतको गोरखपुर, कलकत्ता, बनारस लगायतका स्थान पुगेर इटहरी आइपुगेको बताए ।

उहाँले बीपी कोइरालाको जीवनीसंग सम्बन्धित स्थलमा अवलोकन गर्ने, विभिन्न व्यक्तित्वहरुसंग जानकारी लिने साथै बीपीको समग्र विषयबस्तुलाइ जोडेर विशेष डकुमेन्ट्री निर्माणको कामको सन्दर्भमा आफ्नो नेतृत्वमा रहेको टोलीले भ्रमण गरिरहेको बताए ।

सो अबसरमा गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी, नागरिक समाज इटहरीका पूर्व अध्यक्ष कमलेश शर्मा पौडेल, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिबश पोखरेल, इटहरी जेसिजका अध्यक्ष लोकनाथ भण्डारी, पूर्व अध्यक्ष माधव भट्टराइ लगायत स्थानीय सत्तचारकर्मीहरुसमेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved