निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुग्यो

  • फाल्गुन ९, २०७८
  • ६६३ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १०९ पुगेको छ । आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगमा थप तीन दल दर्ता भएको र हालसम्म दर्ता हुने राजनीतिक दलहरुको संख्या १०९ पुगेको जानकारी दिएको हो ।

त्यस्तै स्थानीय तह निर्वाचन प्रयोजनका लागी सूचना प्रकाशित भए बमोजिम हालसम्म बिभिन्न १० वटा दल राजनीतिक दलहरुले निर्वाचनमा भाग लिनका लागि निवेदन दिएको आयोगका सहप्रवक्ता सुर्य प्रसाद अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै मतदाता नामावली अद्यावधिकको बिषय राजपत्रमा प्रकाशन गर्ने प्रयोजनका लागि कानून मन्त्रालयमा सूचना सम्पादनका लागि पठाइएको उहाले जानकारी दिनुभयो । मतदाता नामावली अद्यावधिक कार्य अन्तर्गत कुनै मतदाताले नामावली भएको आफ्नो बिबरणमा त्रुटी सच्चाउन चाहे निवेदन दिन सकिने व्यवस्था गरिएको उहाले बताउनुभयो ।

त्यस्तै आयोगले मतदाता परिचयपत्र हराए वडा कार्यालयको सिफारिस सहित सम्बन्धीत निर्वाचन कार्यालयमा निवेदन दिएर परिचय उपलव्ध गराउने व्यवस्था पनि गरिएको अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved