फिलिपिन्स माथि नेपालको शानदार जित, नेपाल अंकतालिकाको शीर्ष स्थानमा

  • फाल्गुन ८, २०७८
  • ५२७ पटक पढिएको
  • न्यू पाटी
alt file photo

काठमाडौं : आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले दिएको २ सय १९ रनको बिशाल लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्दा नेपालले १ सय ३६ रनको शानदार जित निकालेको हो ।

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसका लागि कुशल भुर्तेलले अविजित रहँदै शतक र दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय ४ रन बनाएर शतक पूरा गरेका हुन् ।

यसअघि टी–ट्वान्टीमा नेपालको तर्फबाट पारस खड्का र ज्ञानेन्द्र मल्लले मात्र शतक प्रहार गरेका छन् । नेपालबाट टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने कुशल तेस्रो खेलाडी हुन् ।

यस्तै, ऐरीले ४७ बलमा ८३ रन बनाउँदा आशिफ शेख पहिलो बलमै आउट भए भने लोकेश बमले ३ बलमा ६ रन बनाउँदै अविजित रहे ।

फिलिपिन्सका लागि डेनियल स्मिथले २०, कप्तान जोनाथन हिलले ११ तथा जोर्डन एलिग्रेले अविजित २७ रन ल्याउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले तीन विकेट लिए । गुल्सन झा, जितेन्द्र मुखिया, अभिनास बोहरा, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे ।

जितसँगै नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । छनोट अन्तर्गत समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । समूहको दोस्रो स्थानमा रहेको क्यानडा र तेस्रो स्थानमा रहेको ओमानले समान दुई खेलमा दुई अंक जोडेका छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइलनमा स्थान बनाउने छन् । सोमबार हुने समूह चरणको अन्तिम खेलमा क्यानडाविरुद्ध जित निकाले नेपाल समूह विजेता बन्नेछ । समूह विजेता बने सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।

यसअघि नेपाल सन् २०१४ मा टी–ट्वान्टी विश्वकप पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved