एमसीसी बिरोध : काठमाडौंको नयाँ बानेश्वर तनावग्रस्त

  • फाल्गुन ४, २०७८
  • ६७६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : एमसीसीको बिरोधमा बिभिन्न दलले बिरोध प्रदर्शन गर्दा बुधबार काठमाडौंको नयाँ बानेश्वर तनावग्रस्त भएको छ । एमसीसीको बिरोध गर्दै बानेश्वरमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेमकिपा, राप्रपा लगाएतका दलले बिरोध प्रदर्शन गरेका थिए । सो क्रममा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा ढुङ्गामुडा समेत भएको थियो भने प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको थियो ।

vlcsnap-2022-02-16-16h12m50s154

त्यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रण लिएको छ । एमसीसीको बिरोध गर्दै बिभिन्न दलका कार्यकर्ताले संसद भवनलाई चारैतिरबाट घेरेका थिए । विरोध प्रदर्शनका कारण बुधबार सो क्षेत्रको यातायात पूर्ण रुपमा अस्तव्यस्त बनेको थियो । यसअघि कांग्रेसले एमसीसीलाई सदनमा अघि बढाउने निर्णय गरेको थियो । तर बुधबार प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा गठबन्धनमा छलफल गरेर मात्र यस बिषयमा निर्णय गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved