धनकुटाका ७ वटै पालिकामा कांग्रेसको जित सुनिस्चित : सभापती राई

  • फाल्गुन ३, २०७८
  • १६४७ पटक पढिएको
  • न्यू पाटी
alt

धनकुटा धनकुटा  जिल्लाको सात वटै पालिकाहरुमा धनकुटाका क्रियाशिल राजनैतिक दलहरुले चुनाव केन्द्रित गतिविधि एक्कासी बढाएपछी चुनावी चहल पहल बढेर गएको छ ।

धनकुटा जिल्लाका सात वटै पालिकामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जित्ने दावी नेपाली कांग्रेसले गरेको छ ।

स्थानीय तहको निर्वाचनको घोषणा संगै धनकुटामा चुनावी चहल पहल बढ्दै गएको समयमा नेपाली कांग्रेस धनकुटका सभापती दिनेश राईले धनकुटा कांग्रेसले टोल स्तरमा सम्म संगठन तयार गरी व्यापक परिचालन गरेकोले यस पटकको निर्वाचनमा सात वटै तहमा कांग्रेसले जित्ने दावी गर्दै वताउनु भएको हो ।

धनकुटा जिल्लाको धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, सागुरीगढी गाउपालिका, चौविसे गाउपालिका, सहिदभूमी गाउपालिका र छथरजोरपाटी गाउपालिकामा कांग्रेसले निर्वाचन जित्ने जनमत बढेको समेत नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राईले वताउनु भयो । सबै शक्ति लगाएर निर्वाचन जित्नका लागी सवै मातहतका समितिहरुलाई जिल्ला सभापती दिनेश राईले निर्देशन समेत दिनु भएको छ ।

धनकुटाको सात वटै पालिकाहरुमा गत निर्वाचनमा नेकपा एमालले विजयी प्राप्त गरेपनि पालिकाहरुमा कुनै परिवर्तन नभएको उल्टै व्यापक भ्रष्टाचार भएको र जनविरोधी क्रियाकलाप निरन्तर भैरहेकोले धनकुटाका जनता परिर्वतनको पक्षमा रहेकोले यस पटकको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिई जिताउने समेत सभापती राईले विश्वास व्यक्त गर्नु भयो ।

नेपाली कांग्रेस धनकुटाले सबै क्षेत्र, पालिका र वडाहरुमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिई सकेकोले पनि धनकुटा जिल्लाभरी चुनावी माहोल बढ्दै गएको जिल्ला उपसभापती सुनिल डंगोलले वताउनु भयो ।

नेपाली कांग्रेस धनकुटाको संगठन अहिले व्यापक रुपमा विस्तार तथा सुदृढीकरण हुँदै गएको र कांग्रेसमा प्रवेश समेत ठूलो संख्यामा दिन प्रतिदिन भईरहेकोले अहिले धनकुटाको ६० वटै वडाहरुमा टोल समिति गठन संगै कांग्रेसको पक्षमा जनलहर समेत बढ्दै गएकोले स्थानीय तहको निर्वाचनमा कांग्रेसले जित्ने जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटाको छथरजोरपाटी गाउपालिका, पाख्रिवास गाउपालिका, सहिदभूमी गाउपालिकामा विगतको निर्वाचनमा कांग्रेसले हारेपनि अहिले संगठन तिन प्रतिदिन बलियो हुदै गएकाले यस पटक ति गाउपालिकामा समेत कांग्रेसले जित्ने दावी प्रस्तुत गर्नु हुन्छ नेपाली कांग्रेस धनकुटाका अर्का सविच जयन्द्र घिसिङ । धनकुटाको धनकुटा नगरपालिका, सागुरीगढी गाउपालिका, चौविसे गाउपालिकामा गत स्थानीय तहको निर्वाचनमा कांग्रेस झिने मतले मात्र पराजित भएकाले यस पटक कांग्रेसले संगठन मजमुद बनाएकोले नेपाली कांग्रेसले ति पालिकाहरुमा सहज रुपमा जित्ने समेत सचिव विजय सन्तोषी राईले दावी प्रस्तुत गर्नु भयो ।

नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समिति र मातहतका क्षेत्रिय कार्य समिति, पालिका कार्य समितिहरु, वडा कार्य समितिहरु र टोल कार्य समितिहरु अहिले तिव्र रुपमा निर्वाचनका लागी परिचालित भै जनतको सेवामा अझ बढी क्रियाशिल भैरहेकाले पनि धनकुटामा कांग्रेसले जित्ने नेताहरुको दावी छ ।

धनकुटामा क्रियाशिल नेपाली कांग्रेस धनकुटा, नेकपा एमाले धनकुटा, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी धनकुटाले अहिले गाउँ केन्द्रित अभियान संचालन गर्दै चुनावी माहोल बढाउँदै गएकाले पनि धनकुटामा स्थानीय तहको निर्वाचनको चहल पहल शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved