आजबाट चतरा प्राथमिक स्वास्थ्य केन्द्र बन्यो चतरा अस्पताल

  • माघ २५, २०७८
  • १०६१ पटक पढिएको
  • हिमाल राई बराहक्षेत्र
alt

बराहक्षेत्र : वि.स.२०२९/०३/२५ मा स्थापना भए देखि २०३२ विचमा इलाका स्वास्थ्य चौकी हुँदै २०५६/१०/२१ गते प्राथमिक स्वास्थ्य केन्द्र, २०७४/०८/०१ बाट संघिय सरकारबाट हस्तान्तरण हुँदै आजबाट चतरा अस्पताल को रुपमा बराहक्षेत्र नगरपालिका का मेयर निलम खनालले पानसमा बत्ती बालेर उद्घाटन गरे पछि चतरा अस्पताल सन्चालनमा आएको छ ।

चतरा अस्पताल १५ शैया अस्पतालको रूपमा स्तरोन्नति भए पछि सुनसरी, उदयपुर, धनकुटा तथा भोजपुर जिल्लाका स्थानीय बासिन्दाहरुले गुणस्तरीय सेवा सुविधा पाउने भएका छन् ।

डाक्टर अनिल गिरीका अनुसार प्राथामिक स्वास्थ्य केन्द्र चतराबाट दैनिक १५० देखि २०० जना सर्वसाधारण विरामीहरुलाई सार्वजनिक विदाको‌ दिन बाहेक बिहान‌ ७ बजे देखि‌ बेलुका ८ वजे सम्म नि:शुल्क ओ.पि.डी. सेवा, २४ सै घन्टा इमरजेन्सी, फार्मेसी, ल्याब, एक्स रे, प्रसुति सेवा सुविधा तथा हरेक शनिवार मेडिसिन विशेषज्ञ, वाल रोग, हाडजोर्नी, नसा रोग, आँखा, भिडियो एक्स रे तथा फिजियो थेरापी तथा वाड भर्ना भई गरीने उपचार सेवाहरु गुणस्तरीय सेवा सुविधा दिँदै आइरहेका छ ।

४ जना डाक्टर अनिल गिरी, अन्जु थापा, सुरज थापा मगर तथा अनिसा सापकोटा लगायतको ४७ जनाको स्वास्थ्यकर्मीहरु टिमको साथ सहयोगमा १५ शैयाको चतरा अस्पताल सन्चालनमा आउने कुरा डाक्टर अनिल गिरीले जानकारी दिँदै भने यस अघि प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई बोधिसत्व बिहार बुडानिलकण्ढ काठमाडौं तथा सुमि लिम्बू राईले अक्सिजन कन्सन्ट्रेटर ३ थान, पल्स अक्सि‌मिटर, पि.पि.इ. तथा औषधी, मास्क लगायत ५ लाख ५० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्रीहरु बराहक्षेत्र वडा नं २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई स्थानीय पत्रकार हिमाल राई मार्फत उपलब्ध गराईएको थियो ।

बराहक्षेत्र नगरपालिका वडा नं २ निवासी सुवाश गौतम, सोम राई लगायत पहलमा गैर आवासिय नेपाली संघ (NRNA) को सहयोगमा तथा मोसुको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र चतरालाई अक्सिजन कन्सन्ट्रेटर २ थान उपलब्ध गराएको तथा वडा नं १ युवा नेता सुरेन्द्र राईको पहलमा अक्सिजन कन्सन्ट्रेटर १ थान उपलब्ध गराएको कुरा डाक्टर अनिल गिरीले जानकारी दिए ।

कार्यक्रमको सभाअध्यक्ष वडा नं २ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण भट्टराईले गर्नु भएको थियो भने प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका का मेयर निलम खनाल, विशिष्ट अतिथि प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाई, रमेश विष्ट, सिता पौडेल, रन्जित लोहनी, डम्बर प्रसाद सिग्देल, प्रलाद पहरेदार, कृष्ण कट्टेल, इश्वर थापा, जितेन राई, दुर्गा वुढाथोकि, वडा नं २ वडा सदस्य सुसिला परीयार, धन कुमारी गहतराज, मनोज पौडेल, पोष्ट सुनुवार, गोपाल लम्साल, सशस्त्र वेस क्याम्प चतरा इन्सपेक्टर निगम राई लगायत उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved