पाथीभरा एड्भरटाइजिङ्ग प्रा. लि.द्धारा बिद्यालय र कलेजमा सेनिटरी प्याड तथा भेन्डिङ मेसिन उपलब्ध

  • माघ २३, २०७८
  • ७२९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : पाथीभरा एड्भरटाइजिङ्ग प्राइभेट लिमिटेडले आफ्नो स्थापनाको ७औं बर्ष पुरा गरेको अवसरमा इटहरी उपमहानगरपालिका वडा नम्बर २मा रहेको महेन्द्र माध्यमिक विद्यालय र वडा नम्बर ५मा रहेको जनता बहुमुखी क्याम्पसलाई सेनेटरीप्याड तथा भेन्डिङ मेसिन उपलब्ध गराएको छ ।

बिद्यालय र कलेजमा अध्ययनरत छात्राहरुलाई महिनावारी भएको समयमा बिद्यालय तथा कलेज छोड्नु पर्ने बाध्यता हुने गरको छ । बिद्यालय तथा कलेजहरुमा सेनिटरी प्याडको सहज उपलब्धता नभएका कारण सो समयमा छााहरुले आफ्नो पढाईलाई निरन्तरता दिन नसक्ने हुदा हरेक बिद्यालय तथा कलेजहरुले सहज रुपमा छात्राहरुकालागि सेनिटाईजर प्याड उपलब्ध गराउन सकुन भन्ने उदेश्यले पाथीभरा एड्भरटाइजिङ्गले आफ्नो स्थापनाको ७औं बर्षको अवसरमा बिद्यालय र कलेजलाई सेनेटरीप्याड तथा भेन्डिङ मेसिन उपलब्ध गराएको प्रा. लि.का प्रवन्ध निर्देशक पवन अधिकारीले बताए ।

विगतमा आफुले अध्ययन गरेका विद्यालय तथा क्याम्पसमा भेन्डिङ मेसिन नभएका कारण छात्राहरुलाई समस्या भएको जानकारी पाएपछि अधिकारीले सो सामांग्रीहरु उपलब्ध गराएको जानकारी दिए ।कलेजमै केही प्याडहरु ल्याएर राखेपनि प्याड माग्न आउदा कहिलेकाही सरहरु पनि भैदिने हुदा छात्राहरुले असहज मानिरहेको बताउदै भेन्डिङ मेसिनको उपलब्धताले छात्राहरुलाई अब सहजै रुपमा सेनिटरीप्याड उपलब्ध गराउन सकिने भयो भन्दै जनता वहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख गिता पौडेल पौडेलले अधिकारीको प्रशंषा गरिन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved