आगामी जेष्ट ४ गते एकै चरणमा स्थानीय चुनाव गर्ने तयारी

  • माघ १८, २०७८
  • ३७८ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं  : प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेष्ट ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्नका लागि मिति तोक्ने बताउनुभएको छ ।

मंगलबार बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसंगको छलफलका क्रममा आयोगले प्रस्ताव गरेको जेष्ट ४ गते नै स्थानीय चुनाव सम्पन्न गर्नका लागि प्रक्रिया अघि बढाउने र मिति घोषणा गर्ने बताउनुभएको हो । छलफलमा आयोगले संविधान र कानून बमोजिम जेष्ट ५ गते पछाडी स्थानीय तह रिक्त हुने भएकाले जेष्ट चार गर्ने निर्वाचन गर्न प्रस्ताव गरेको र प्रधानमन्त्रीले सोहि मितिमा निर्वाचन गर्न प्रक्रिया अघि बढाउने जानकारी दिनुभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाले जेष्ट चारमा निर्वाचन गर्नका लागि आयोग पूर्ण रुपमा तयार रहेको जानकारी दिनुभयो । प्रवक्ता पौडेलले ०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब रुपैयाँ भन्दा बढी खर्च लागेको भन्दै अवको निर्वाचनमा खर्च बढ्ने बताउनुभयो । छलफलका क्रममा आयोगले प्रधानमन्त्री समक्ष ६ बुँदे प्रस्ताव पेश गरेको थियो । आयोगले संविधानले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल एक वर्षसम्म थप गर्नसक्ने व्यवस्था गरेपनि स्थानीय तहको जनप्रतिनिधिको कार्यकाल थप गर्ने संवैधानिक र कानुनी प्रावधान नभएको भन्दै जनप्रतिनिधिको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्नुको कुनै विकल्प नभएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved