कोभिड संक्रमण बढेसँगै माघ १५ गतेसम्म विद्यालय बन्द गरिने

  • पुस २५, २०७८
  • ६६० पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौँ : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) व्यवस्थापनको बैठकले कोरोनाको तेस्रो लहर आएसँगै कम्तीमा पनि माघ १५ गतेसम्म सबै विद्यालयमा बिदा दिनुपर्ने निर्णय गरेको छ।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनसहित तेस्रो लहर आउने जोखिम बढिरहेका बेला सुरुमा कम्तीमा १५ दिन विद्यालय बन्द गर्ने गरी निर्णय भएको हो।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता एवम् सहसचिव सुनिता नेपालले बताए अनुसार कोभिडको बढ्दो दरलाई ख्याल गर्दै जाडो बिदालाई माघ १५ सम्म लैजाने गरी निर्णय भएको छ।

हरेक जाडो महिनामा विद्यालयहरु केही साता बन्द गर्ने गरिन्छ। नेपालले सुरुमा कोभिडको जोखिमलाई ख्याल गरेर १५ दिन बिदा दिने निर्णय गरिएको बताइन्। जोखिम हेरेर त्यसलाई एक महिनासम्म लैजान सकिने उनले बताएकी छन्।

व्यवस्थापन केन्द्रको निर्णय अब मन्त्रिपरिषद्‍बाट निर्णय गराएर कार्यान्वयनमा लगिने छ। कोभिड-१९ संकट व्यवस्थापन निर्देशक समितिको बैठकले विद्यालय बन्द गर्न निर्देशन दिन सक्थ्यो। तर व्यवस्थापनको बैठकको निर्णयलाई भने मन्त्रिपरिषद्‍मा लगेपछि स्वीकृत गराएर कार्यान्वयन गर्नुपर्ने हुन्छ।

उपत्यकासहित देशका धेरै स्थानमा अहिले आन्तरिक परीक्षा चलिरहेको छ। परीक्षा सकिएका विद्यालयले कम्तीमा एक साता बिदा दिइसकेका छन्। यो पटक धेरै विद्यालयले पुस मसान्तबाट जाडो बिदाको तयारी गरेका छन्।

विद्यालयमा छोटो बिदा दिने चलन भए पनि कलेजहरूमा भने लामो जाडो बिदा दिने चलन छ। कोभिड बढ्नुअघि नै त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्मलाई बिदा दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved