काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड" लाई कोरोना संक्रमण भएपछि उहाँसँग भेटघाट गर्नुभएका प्रधानमन्त्री देउवा पनि स्वास्थ्य प्रोटोकल अनुसार आइसोलेसनमा बस्नुभएको छ ।
केही दिनअघि बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री देउवाबीच भेट भएको थियो । त्यसको भोलिपल्टै दाहालमा कोरोना पुष्टि भएपछि देउवा लगायत अन्य सत्तारुढ दलका शीर्ष नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
केही दिन आइसोलेशनमा बसेर कोरोना परीक्षण गराएपछि प्रधानमन्त्री देउवा सार्वजनिक कार्यक्रममा निस्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved