अक्सफोर्ड एचिभर कार्यक्रम धरानको प्राइम भिजन कलेजमा सुरु

  • पुस २०, २०७८
  • ७८० पटक पढिएको
  • संगीत सिग्देल
alt

धरान : अक्सफोर्ड युनिभर्सिटी प्रेस द्वारा संचालित अक्सफोर्ड एचिभर कार्यक्रम धरानको प्राइम भिजन कलेजमा सुरु भएको छ । धरानमा यस्तो कार्यक्रम गराउने यो पहिलो कलेज हो । 

बिगत ४ बर्ष देखि होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएको प्राइम भिजन कलेजले अहिलेको युवा पुस्तालाई अङ्ग्रेजी भाषामा दक्ष बनाउने उधेश्यले सो कार्यक्रम भित्राएको कलेजका सि इ ओ अभिषेक श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठले भोलिका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न, ब्यक्तित्व बिकास गर्न, स्वाबलम्बि बन्न तथा अरु थुप्रै कुरामा अङ्ग्रेजी भाषाले ठुलो भुमिका खेल्ने भएकाले आफ्ना विद्यार्थीहरु पछी न परुन भन्ने हेतुले सो कार्यक्रम ल्याएको बताए । 

६ महीना समयावधि रहेको यस कार्यक्रम ३६ लेभल सम्म को हुनेछ भने आएल्समा जस्तै यसले विभिन्न ६ बिधाहरु लिस्निङ, इस्पिकिङ, रिडिङ, राइटिङ, ग्रामर र भोकाबुलरीमा विद्यार्थीहरुलाई लगातार सिकाउँदै, बुझाउँदै उनिहरुको अङ्ग्रेजी भाषामा सुधार ल्याउन मद्दत गर्ने र यो कार्यक्रम पुरा गरेका विद्यार्थीले सिधैं आएल्सको परिक्षा दिन गए ७-८ इस्कोर सजिलै ल्याउन सक्ने सोहि कलेजका संयोजक अनिल श्रेष्ठले जानकारी दिए । 

चौबीसै घन्टा उपलब्ध हुने, आफ्नै मोबाइल वा ल्यापटप बाट सजिलै चलाउन सकिने, आफ्नो ब्यक्तिगत प्रस्तुतिको आधारमा लेभल निर्धारण हुने, आफुलाई अप्ठ्यारो लागेको विषय सजिलै पत्ता लगाउन सकिने भएकालेे एकदमै लाभदायक रहेको समेत श्रेष्ठले बताए । 

अन्लाईन परिक्षाको आधारमा लेभल बढ्दै जाने र ३६ लेभल पुगे पछी अक्सफोर्ड युनिभर्सिटी बाट अक्सफोर्ड एचिभर को प्रमाण पत्र प्राप्त गर्ने कुरा कलेज का सि ई ओ अभिषेक श्रेष्ठले प्रष्ट पारे । साथै अरु कुनै संस्था वा विद्यार्थीहरु लाई यो कार्यक्रम मा सहभागी हुन इच्छा भए प्राइम भिजन कलेजमा सम्पर्क गर्न सकिने श्रेष्ठले बताए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved