किशोर किशोरी प्रजनन स्वास्थ्य प्रादेशिक संवाद

  • पुस १५, २०७८
  • ९४९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : भिजिवल इम्प्यक्टको आयोजनामा शुक्रबार किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य प्रादेशिक संवाद इटहरीमा सम्पन्न भएको छ । जोखिममा रहेका समुहलाई लक्षित गर्दै महिला तथा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार थप सुनिश्चित गर्नका लागि संवाद गरिएको हो । संवादमा नेपालमा महिला तथा किशोर किशोरीको प्रजनन अधिकार प्रयोग गर्ने क्षमतालाई असर गर्ने बाधाहरुको बिषयमा पनि छलफल भएको थियो ।

जनचेतनाको अभावमा हुने यौन समस्याले किशोर किशोरीहरुमा मानशिक तथा शारिरिक समस्याहरु देखापर्ने हुदा बालबालिका अवस्था देखिनै यौन तथा प्रजनन् स्वास्थ्थ बारे बिद्यालय स्तरदेखि नै संवाद कार्यक्रमहरु गर्नु पर्ने उपस्थित सहभागिहरुको भनाई थियो । नेपालमा हरेक वर्ष १० लाख ४८ हजार महिलाहरु गर्ववती हुने गरेको तथ्थांक सार्वजनिक भएको छ । जसमा ३८ प्रतिशत महिलामात्र आफ्नो स्वास्थ्थ प्रति सचेत हुनेगरेको सहजकर्ता दामोदर गौतम बताउनुहुन्छ ।

269533438_301480305327705_6173057719623413443_n

एक नम्वर प्रदेशका सांसद सर्वध्वज सावाको प्रमुख आतिथ्थतामा भएको उक्त कार्यक्रममा युवा बिकास केन्द्र इटहरीका संस्थापक अध्यक्ष निराजन खड्का, जनस्वास्थ्यकर्मी दामोदर गौतम, इटहरी उपमहानगरपालीकाको सामाजीक विकास साखा अधिकृत सुसीला कार्की, महिला सहयोगी समुह इटहरीको अध्यक्ष विमला मल्ल लगायतले आ आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved