बसन्तऋतु मा.बि.मा ट्राफिक नियम सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न

  • पुस १२, २०७८
  • १०४० पटक पढिएको
  • न्यू पाटी
alt

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र -७ ढिकझोडा, सोमबारेमा रहेको बसन्तऋतु मा.बि. ले आफ्ना विद्यार्थीहरुलाई पढाई संगै अतिरिक्त क्रियाकलापमा पनि निकै अगाडी बढाई रहेको छ ।

सोमबार विद्यालयका सूचना अधिकारी सुमन बिकलको संयोजकत्वमा ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा ईलाका प्रहरी कार्यलयका ट्राफिक प्रहरी देबराज बिष्टले सहजीकरण गर्नु भएको थियो भने स्वागत मन्तव्य विद्यालयका शिक्षक लेखु न्यौपानेले राख्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्र.अ. प्रकाश पोखरेलले विद्यालयलाई अगाडी बढाउन जस्तो सुकै कठिनाई आएपनी पछि नहट्ने बताउनु भएको छ । पछिल्लो समयमा शिक्षकहरुको कामबाट निकै नै सन्तुष्ट भएको समेत प्र.अ. पोखरेलले बताउनु भयो ।

received_652993609071054

आज सप्पन्न जनचेतनामुलक कार्यक्रमबाट विद्यार्थीहरु निकै खुशी भएको शिक्षक रुपा तामाङले जानकारी दिनु भयो । विद्यालयमा युवा शिक्षकको सङ्ख्या बढ्दै गए संगै विद्यालयले मुहार फेर्दै गएको र विद्यार्थीहरु निजि विद्यालयबाट बसन्तऋतु मा.बि.मा आकर्षित भएको कुरा युवा शिक्षक द्वय जानुका आचार्य र सृजना पौडेलले बताउनु भएको छ । यस विद्यालयका शिक्षक हिमा बि.क. , फणिन्द्र पौडेल र सुमन बिकलले आफ्ना सन्तानलाई आफ्नै विद्यालयमा भर्ना गरेकोमा अभिभावकहरु समेत निकै उत्साहित हुनु भएको प्र.अ. पोखरेलले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved