जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्छु : सभामुख सापकोटा

  • मंसिर २८, २०७८
  • ७६४ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं : सभामुख अग्निप्रसाद सापकोटाले आफूले पाएको जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । पन्ध्रौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले संसदको प्रतिष्ठा र गौरवलाई माथि उठाउने प्रयत्न गर्ने र यसका लागि जिम्मेवारीलाई निष्ठा र इमानका साथ पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले इतिहासले दिएको जिम्मेवारीलाई विवेकपूर्ण ढङ्गबाट पूरा गर्दै सुशासनको सन्देश प्रवाह गर्न राष्ट्रसेवकलाई निर्देशन दिनुभयो । चारैतिर निराशा रहेका बेला देश र जनताको सेवामा इमान्दार, निष्ठा र अनुशासनमा रही सुशासनको शक्तिशाली सन्देश दिन सक्नुपर्ने उहाको भनाई छ ।

कार्यक्रममा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले संसद् सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन चुस्त र प्रभावकारी तुल्याउन सुझाव दिनुभयो । कार्यक्रममा संसद् सेवामा वर्षभरिको कार्यसम्पादनमा अब्बल ठहरिएका उपसचिव रामकुमार पौडेललाई रु एक लाख राशिको सर्वाेत्कृष्ट सङ्घीय संसद् सेवा र शाखा अधिकृत दिपाकुमारी दुलाललाई रु ७५ हजार राशिको उत्कृष्ट सङ्घीय संसद् सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो । त्यस्तै वरिष्ठ प्रेस प्राविधिक राजेन्द्रप्रसाद लामिछाने र कार्यालय सहयोगी सिजन खनालललाई जनही रु ५०÷५० हजार राशिको यस वर्षको सङ्घीय संसद् सेवा पुरस्कार प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved