सभापतिमा सिंह, निधि, र गुरुङको समर्थन देउवालाईनै

  • मंसिर २८, २०७८
  • ४५० पटक पढिएको
  • न्यू पाटी
alt web-pic

काठमाडौं :  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको निर्वाचनमा पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको मतदान हुने भएको छ ।  दोस्रो चरणको मतदानमा कांग्रेस नेता प्रकाशमान सिंह ,विमलेन्द्र निधि र कल्याण गुरुङले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन । सभापतिमा उम्मेदवारी दिएका देउवा,निधि,डा. शेखर कोइराला,प्रकाशमान सिंह र कल्याण गुरुङ कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् ।

पहिलो चरणमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१ , निधिले २४९ र गुरुङले २२ मत प्राप्त गरेका थिए । कांग्रेसमा पहिलो चरणमा सभापतिका उम्मेदवारले ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान छ । अब धेरै मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । अब डा. कोइरालाबाहेक सभापतिका सबै उम्मेद्धार देउवाको पक्षमा उभिएका छन । दोस्रो चरणको निर्वाचन आजै दिउँसो साँढे ३ वजेदेखि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved