नेकपा एमाले केपी ओलीको प्राइभेट कम्पनी भई सकेको नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको आरोप

  • मंसिर २१, २०७८
  • ४११ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले केपी ओलीको प्राइभेट कम्पनी भई सकेको आरोप लगाएका छन् ।

सुनसरीको इटहरीमा १ नम्बर प्रदेश स्तरिय पार्टीको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले चितवनमा सम्पन्न एमालेको अधिवेशनले जनताको बहुदलीय जनवादको खिल्ली उडाएको र ब्यक्ति पुजाको संस्कार हुर्काएको समेत आरोप लगाएका हुन् ।

विचार मिल्नेहरु एक ठाउँमा हुन्छन् भन्ने कुरालाई प्रमाणित गर्दै संविधानलाई नमान्ने, गणतन्त्रलाई उल्टाउन चाहने, राप्रपा र ओली नेतृत्वको एमाले एक ठाउँमा उभिने अवस्थामा पुगेको समेत नेकपा एसका अध्यक्ष नेपालले टिप्पणी गरे । उनले संविधान र गणतन्त्रको रक्षाका लागि पाँच दलिय गठबन्धन भएको समेत स्पष्ट पारे ।

एमाले छोडेर केही महिना अघि मात्र नेकपा एकीकृत समाजवादी स्थापना गरेका नेपालले मन्तव्यको धेरै समयमा ओलीको आलोचनामा खर्चिएका थिए । कार्यक्रममा नेकपा एसका सचिव राजेन्द्र राई, सुनसरी जिल्ला इञ्चार्ज महफुज अंसारी लगायतले भेलालाई सम्वोधन गरेका थिए ।

संगठन विस्तार अभियान अन्र्तगत बुधबार सम्म चल्ने प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख प्रमेश हमालले दक्षिणपन्थी अवसरवाद तथा विसर्जनवाद विरुद्धको संघर्ष, उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी कार्यमा प्रचारात्मक कार्यको महत्वबारे र पार्टी सचिव तथा प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकारको अवस्था र कार्य योजना विषयमा प्रशिक्षण दिने जनाइयो ।

प्रदेश नम्बर १ का अध्यक्ष वलदेव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज धनेन्द्र बस्नेत लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved