तस्करीको कपडा र खाद्यान्न बरामद, विराटनगरका गोदाम सञ्चालक पक्राउ

  • आश्विन २, २०७८
  • ३३९ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर । भारतदेखि तस्करी भएर आएको कपडा र खाद्यान्नको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । विराटनगर १६ देखि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) दरैयाले १ लाख २० हजार मूल्य बराबर कपडा र खाद्यान्न सामाग्री शुक्रबार बिहान बरामद गरेको हो ।

यसैगरी भारतदेखि तस्करी गरि भण्डारण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले गोदाम सञ्चालक विराटनगर–९ का ३२ वर्षीय नवीन जैनलाई तस्करीको कपडा भण्डारण गरिएको अवस्थामा बिहीबार पक्राउ गरेको हो ।

जैनले विराटनगरमा गोदाम सञ्चालन गरेर अवैध सामानको भण्डारण गर्ने गरिएको खुलेको प्रहरीले जनाएको छ । अवैध रूपमा सञ्चालन गरिएका गोदाममा भारतबाट तस्करी गरेर ल्याइएका दैनिक उपभोग्य सामग्रीदेखि किराना सामानसम्म भण्डारण गरेर राख्ने गरिएको पाइएको हो ।

भन्सार छली गरेर ल्याइएका सामान राखेको सूचनाका आधारमा मोरङ प्रहरीको विशेष टोलीले विराटनगर महानगरपालिका–९ स्थित एउटा गोदाममा छापा हानेको थियो । गोदाममा भण्डारण गरेर राखिएको अवस्थामा पाँच लाख ६५ हजार आठ सय पाँच रूपैयाँ बराबरको अवैध सामान बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । भारतको जोगबनीबाट सीमा क्षेत्र हुँदै भन्सार छली गरेर चोर बाटोबाट भित्राइने सामान अवैध हिसाबले गोदाममा भण्डारण गर्ने र उपभोक्तासम्म पु¥याएर बिक्री गर्ने धन्दामा जैनको संलग्नता पुष्टि भएको श्रेष्ठले बताए ।

उनका अनुसार जैनको गोदामबाट एक सय ८२ वटा काटुनमा रहेको दुई हजार एक सय ८४ किलो मिस्री, १४ वटा काटुनमा रहेको एक सय ४० किलो काजु, तीन सय ७५ किलो पापड र ३० वटा बोरामा रहेको २४ किलो पानीपुरी बरामद गरिएको छ । दुई लाख ६२ हजार ८० रूपैयाँ बराबरको मिश्री, एक लाख ८२ हजारको काजु, ९३ हजार ६ सयको पानीपुरी र २८ हजार एक सय १५ रूपैयाँ बराबरको पापड बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामानसहित जैनलाई आवश्यक कारबाहीका लागि बिहीबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved